उत्कृष्ट जितसहित नेपाल टी–ट्वान्टी सिरिजको फाइनलमा « Khabarhub

उत्कृष्ट जितसहित नेपाल टी–ट्वान्टी सिरिजको फाइनलमा


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको आफ्नो चौथो खेलमा मलेशियालाई पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई ८५ रनको विशाल अन्तरले पराजित गर्दै सिरिजको फाइनलमा समेत प्रवेश गरेको छ ।

नेपालले दिएको २ सय २४ रनको लक्ष्य पूरा गर्न नसकेपछि मलेशिया पराजित भएको हो ।

मलेशियाले खेल सहिन एक बल अगावै सबै विकेट गुमाउँदै केबल १३८ रनमात्र बनाउन सक्यो । मलेशियाको इनिङ्ग सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै, कमल सिंह ऐरी र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए । त्यसैगरी कुशल भुर्तेल र रोहित पौडेलको नाममा १–१ विकेट रह्यो ।

यसअघि टस जितेर मलेशियाले पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा आएको नेपालले मलेशियालाई २ सय २४ रनको विशाल लक्ष्य दिएको हो । निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै नेपालले २ सय २३ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेल्दै १ सय १० रन बनाए । ५७ बल खेलेका उनले ६ छक्का र १० चौका प्रहार गरे ।

यससँगै नेपाल सिरिजको फाइनलमा प्रवेश गरेको छ । नेपालले उपाधिका लागि सोमबार पपुवा न्युगिनी पीएनजी खेल्नेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ३ : ५३ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको