भारतमा पछिल्लो १२ दिनमा १० औं पटक पेट्रोलको मूल्य वृद्धि « Khabarhub

भारतमा पछिल्लो १२ दिनमा १० औं पटक पेट्रोलको मूल्य वृद्धि


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रति लिटर पेट्रोलको मूल्य भारु १०७ रुपैयाँ ६१ पैसा पुगेको छ । त्यसैगरी डिजेलको मूल्य प्रति लिटर भारु ९३ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै मुम्बई शहरमा भने पेट्रोलको मूल्य प्रतिलिटर भारु ११७ रुपैयाँ ५७ पैसा र डिजेलको मूल्य भारु १०१ रुपैयाँ ७९ पैसा पुगेको एएनआईले जनाएको छ ।

स्थानीय करका आधारमा भारतका विभिन्न राज्यहरुमा पेट्रोलियम पदार्थको दरमा फरक पर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ४ : ४५ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका