चिनियाँ कम्पनीले जिम्बाब्वेमा बेपरवाह खानी उत्खनन गर्ने गरेको खुलासा « Khabarhub

चिनियाँ कम्पनीले जिम्बाब्वेमा बेपरवाह खानी उत्खनन गर्ने गरेको खुलासा


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिकी मुलुक जिम्बाब्वेमा चिनियाँ खनिज कम्पनीहरूले जथाभावी उत्खनन गर्ने गरेको पाइएको छ । इनसाइड ओभर अनलाइन समाचार पोर्टले सार्वजनिक गरेको खोजमूलक रिपोर्टमा जिम्बाब्वेका खानीहरुमा चिनियाँ कम्पनीहरूले पर्यावरण र पूर्वाधारको पर्वाह नै नगरी उत्खनन गर्ने गरेको पाइएको हो ।

जिम्बाब्वेको खनिज सम्पन्न ग्रेट डाइक क्षेत्रका स्थानीयहरुले यस्तो गतिविधिको लामो समय देखि विरोध समेत गर्दै आएका छन् । यो क्षेत्रमा खानी उत्खनन गर्ने क्रममा खाल्डोहरु बन्न पुगेको र त्यहाँ मानिस सहित वस्तुभाउ खसेर मर्ने गरेको उनीहरूको भनाइ छ ।

त्यस्तै, जिम्बाब्वेकै डोहवे नदी नजिकै सञ्चालित ह्वाइट एएसबी सुनखानीमा पनि चिनियाँ खनिज कम्पनीहरुले भारी उपकरणको प्रयोग गरेका कारण नदी मै असर पर्न गएको बताइएको छ ।

जिम्बाब्वेको मुतोको जिल्लामा चिनियाँ कम्पनीद्वारा सञ्चालित अर्को खानी उत्खनन गर्ने क्रममा त्यहाँका स्थानीहरू विस्थापित समेत हुन पुगेको रिपोर्टमा उल्लेख छ ।

चीनले हरेक वर्ष अफ्रिकाबाट १ खर्ब डलर बराबरको खनिज पदार्थ आयात गर्दै आएको छ । जिम्बाब्वेमा चिनियाँ कम्पनीहरूले तामा, कोइला, सुन, म्याग्निज जस्ता खनिज पदार्थ उत्खनन गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ३ : ५६ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने