चिनियाँ कम्पनीले जिम्बाब्वेमा बेपरवाह खानी उत्खनन गर्ने गरेको खुलासा « Khabarhub

चिनियाँ कम्पनीले जिम्बाब्वेमा बेपरवाह खानी उत्खनन गर्ने गरेको खुलासा


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिकी मुलुक जिम्बाब्वेमा चिनियाँ खनिज कम्पनीहरूले जथाभावी उत्खनन गर्ने गरेको पाइएको छ । इनसाइड ओभर अनलाइन समाचार पोर्टले सार्वजनिक गरेको खोजमूलक रिपोर्टमा जिम्बाब्वेका खानीहरुमा चिनियाँ कम्पनीहरूले पर्यावरण र पूर्वाधारको पर्वाह नै नगरी उत्खनन गर्ने गरेको पाइएको हो ।

जिम्बाब्वेको खनिज सम्पन्न ग्रेट डाइक क्षेत्रका स्थानीयहरुले यस्तो गतिविधिको लामो समय देखि विरोध समेत गर्दै आएका छन् । यो क्षेत्रमा खानी उत्खनन गर्ने क्रममा खाल्डोहरु बन्न पुगेको र त्यहाँ मानिस सहित वस्तुभाउ खसेर मर्ने गरेको उनीहरूको भनाइ छ ।

त्यस्तै, जिम्बाब्वेकै डोहवे नदी नजिकै सञ्चालित ह्वाइट एएसबी सुनखानीमा पनि चिनियाँ खनिज कम्पनीहरुले भारी उपकरणको प्रयोग गरेका कारण नदी मै असर पर्न गएको बताइएको छ ।

जिम्बाब्वेको मुतोको जिल्लामा चिनियाँ कम्पनीद्वारा सञ्चालित अर्को खानी उत्खनन गर्ने क्रममा त्यहाँका स्थानीहरू विस्थापित समेत हुन पुगेको रिपोर्टमा उल्लेख छ ।

चीनले हरेक वर्ष अफ्रिकाबाट १ खर्ब डलर बराबरको खनिज पदार्थ आयात गर्दै आएको छ । जिम्बाब्वेमा चिनियाँ कम्पनीहरूले तामा, कोइला, सुन, म्याग्निज जस्ता खनिज पदार्थ उत्खनन गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ३ : ५६ बजे

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ