सुर्खेतमा सुरु हुँदै ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ बहस « Khabarhub

सुर्खेतमा सुरु हुँदै ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ बहस


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– सुर्खेतको वीरेन्द्रनगरमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक कार्यक्रम आइतबार सुरु हुने भएको छ ।

दोभान मल्टिमिडियाको आयोजना र कर्णाली प्रदेश सरकार, उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेश, होटल एशोसिएसन कर्णाली प्रदेश, नाट्टा कर्णाली प्रदेश, गैरसरकारी संस्था महासंघलगायतका संघसंस्थाको सहयोगमा यो कार्यक्रम हुन लागेको हो ।

शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आयोजकले कार्यक्रमबारे जानकारी दिएको छ । कर्णाली प्रदेश सरकारदेखि स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल कस्तो रह्यो भन्ने विषयमा छलफल बढीकेन्द्रित रहने छ ।

 

त्यस्तै छलफलमा तीन तहका सरकारबीच कस्तो समन्वय भयो ? कत्तिको सहयोग भयो ? कत्तिको सहकार्य भयो ? यसले नागरिकलाई कस्तो किसिमको सेवा सुविधा दियो भन्ने साझा बहसका रूपमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक दोभान मल्टिमिडियाका अध्यक्ष विष्णु विवेकले जानकारी दिए ।

कार्यक्रममा स्थानीय तहका प्रमुख जनप्रतिनिधि, प्रदेश सांसद, संघीय सांसद तथा मन्त्रीको उपस्थित रहनेछ । कार्यक्रम संयोजक विवेकका अनुसार कर्णालीको पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र पर्यटनबारे बहस हुने बताए ।

यसमा प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारको लगानी कति रह्यो ? भन्ने विषय पनि छलफलमा आउने छ । आइतबारदेखि सुरु हुने कार्यक्रम मंगलबारसम्म जारी रहनेछ । कार्यक्रमका धेरै जसो सेसन शुभ होटलमा हुने छन् भने केही सेसन सुर्खेत उपत्यका बाहिर हुने छन् ।

शिक्षा सम्बन्धी सेसन नमुना जनमाविको प्रांगणमा हुनेछ । स्वास्थ्यसम्बन्धीे सेसन सेसन प्रदेश अस्पतालमा हुनेछ । पर्यटनसम्बन्धी सेसन सुर्खेतको नगरकोट भनेर चिनिने गोठीकाँडाको स्टेय होटल भ्याली भ्यु रिर्सोटमा हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : ०० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक