सुर्खेतमा सुरु हुँदै ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ बहस « Khabarhub

सुर्खेतमा सुरु हुँदै ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ बहस


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– सुर्खेतको वीरेन्द्रनगरमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक कार्यक्रम आइतबार सुरु हुने भएको छ ।

दोभान मल्टिमिडियाको आयोजना र कर्णाली प्रदेश सरकार, उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेश, होटल एशोसिएसन कर्णाली प्रदेश, नाट्टा कर्णाली प्रदेश, गैरसरकारी संस्था महासंघलगायतका संघसंस्थाको सहयोगमा यो कार्यक्रम हुन लागेको हो ।

शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आयोजकले कार्यक्रमबारे जानकारी दिएको छ । कर्णाली प्रदेश सरकारदेखि स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल कस्तो रह्यो भन्ने विषयमा छलफल बढीकेन्द्रित रहने छ ।

 

त्यस्तै छलफलमा तीन तहका सरकारबीच कस्तो समन्वय भयो ? कत्तिको सहयोग भयो ? कत्तिको सहकार्य भयो ? यसले नागरिकलाई कस्तो किसिमको सेवा सुविधा दियो भन्ने साझा बहसका रूपमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक दोभान मल्टिमिडियाका अध्यक्ष विष्णु विवेकले जानकारी दिए ।

कार्यक्रममा स्थानीय तहका प्रमुख जनप्रतिनिधि, प्रदेश सांसद, संघीय सांसद तथा मन्त्रीको उपस्थित रहनेछ । कार्यक्रम संयोजक विवेकका अनुसार कर्णालीको पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र पर्यटनबारे बहस हुने बताए ।

यसमा प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारको लगानी कति रह्यो ? भन्ने विषय पनि छलफलमा आउने छ । आइतबारदेखि सुरु हुने कार्यक्रम मंगलबारसम्म जारी रहनेछ । कार्यक्रमका धेरै जसो सेसन शुभ होटलमा हुने छन् भने केही सेसन सुर्खेत उपत्यका बाहिर हुने छन् ।

शिक्षा सम्बन्धी सेसन नमुना जनमाविको प्रांगणमा हुनेछ । स्वास्थ्यसम्बन्धीे सेसन सेसन प्रदेश अस्पतालमा हुनेछ । पर्यटनसम्बन्धी सेसन सुर्खेतको नगरकोट भनेर चिनिने गोठीकाँडाको स्टेय होटल भ्याली भ्यु रिर्सोटमा हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : ०० बजे

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने