साउदीमा एक सातामा १२ हजार गैरकानुनी कामदार पक्राउ  « Khabarhub

साउदीमा एक सातामा १२ हजार गैरकानुनी कामदार पक्राउ 


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरकानुनी कामदारमाथि कडाइ गरेको साउदी सरकारले थप १२ हजार ३४ जना पक्राउ गरेको छ।

देशका विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लङ्घन गर्नेलाई पक्राउ गरिएको त्यहाँको राहदानी महानिर्देशनालय (जवाजत) ले जनाएको छ । गत २१-२७ अप्रिलको अवधिमा सुरक्षा निकायका विभिन्न इकाई र जवाजतले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रेसिडेन्सी ऐन उल्लङ्घन गर्ने ७ हजार ५१५, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने करिब ३ हजार २ र श्रम कानुन उल्लङ्घन गर्ने १ हजार ५१६ भन्दा बढी रहेका छन् ।

राज्यमा सीमा पार गर्न खोज्दा जम्मा १९९ जना पक्राउ परेका थिए, जसमध्ये ४७ प्रतिशत यमनी, ३५ प्रतिशत इथियोपियाली र १८ प्रतिशत अन्य राष्ट्रका थिए भने ३९ जना राज्यको सीमा पार गरेर भाग्न खोजेको आरोपमा पक्राउ परेका थिए ।

यी मध्य कानुन उल्लङ्घन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने १२ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जवाजतलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ। यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पुराएर देश निकाला गरिनेछ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी अभियान तीव्र पारेसँगै गैरकानुनी रुपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी छुटाइने बताइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ९ : २७ बजे

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट