मारिउपोलमा फसेका दर्जनौँ नागरिकको उद्धार « Khabarhub

मारिउपोलमा फसेका दर्जनौँ नागरिकको उद्धार


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनको पूर्वी बन्दरगाह शहर मारिउपोलबाट दर्जनौँ नागरिकलाई उद्धार गरिएको छ । मारिउपोलस्थित एजोभस्तल उद्योग परिसरमा फसेकामध्ये केहीको उद्धार गरिएको बीबीसीले जनाएको छ ।

रुसले आफ्नो नियन्त्रणमा रहेको गाउँमा दर्जनौं सर्वसाधारण पुगेको बताएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिउपोलबाट सर्वसाधारणको एउटा ठूलो समूह जापोरिज्जियातर्फ लागेको बताएका छन् ।

‘करिब एक सय जनाको पहिलो समूह नियन्त्रित क्षेत्रतर्फ प्रस्थान गरिसकेको छ’ उनले ट्विट गरेका छन् । जापोरिज्जिया अझै पनि युक्रेनको नियन्त्रणमा रहेको बताइएको छ ।

उनले अगाडि भनेका छन्, ‘हामी उनीहरूलाई जापोरिज्जियामा भेट्नेछौँ । हाम्रो टोलीलाई धन्यवाद ! अब तिनीहरू कारखानाबाट अन्य नागरिकहरूलाई बाहिर निकाल्ने काममा छन् ।’

राष्ट्रसंघले शनिबार नागरिकहरूलाई बाहिर निकाल्न ‘सेफ प्यासेज अपरेसन’ सुरु भएको पुष्टि गरेको थियो । सो कार्यमा रेडक्रसको पनि संलग्न रहेको बताइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : २६ बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको