युक्रेनलाई अमेरिका र युरोपले आपूर्ति गरेका हतियार नष्ट गरेको रुसको दाबी « Khabarhub

युक्रेनलाई अमेरिका र युरोपले आपूर्ति गरेका हतियार नष्ट गरेको रुसको दाबी


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमा अमेरिका र अरु युरोपेली मुलुकहरुले आपूर्ति गरेका हतियार नष्ट पारेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै दक्षिणी युक्रेनको ओदेसा शहर नजिकै रहेको विमानस्थलमा राखिएका अमेरिकी तथा पश्चिमा मुलुकबाट आयात गरिएका हतियार नष्ट पारेको दाबी गरेको हो ।

रक्षा मन्त्रालयले उच्च सटीकताका साथ मार हान्न सक्ने ‘ओनिक्स’ क्षेप्यास्त्रले उक्त विमानस्थलमा प्रहार गरिएको जनाएको छ । यता युक्रेनले भने विमानस्थलमा भर्खरै निर्माण गरिएको धावनमार्गमा आक्रमण गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ओदेसाका क्षेत्रीय गभर्नर माक्सिम मारचेन्कोले रुसले क्राइमियाबाट प्रहार गरेको ‘बास्तियन’ क्षेप्यास्त्रबाट धावनमार्गमा आक्रमण गरेको जनाएका छन् ।

यद्यपि यसको तत्काल स्वतन्त्र पुष्टि भने हुन नसकेको रोयटर्सले जनाएको छ ।

त्यस्तै, रुसी रक्षा मन्त्रालयले आफ्ना हवाई प्रतिरक्षा प्रणालीले खारकिभ क्षेत्रमा युक्रेनका दुई सुखोइ सु २४ एम बमवर्षक लडाकु विमान खसालेको दाबी गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  २ : ०६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै