युक्रेनको सीमा नजिकै रुसी सैनिक पूर्वाधारमा आगलागी « Khabarhub

युक्रेनको सीमा नजिकै रुसी सैनिक पूर्वाधारमा आगलागी


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको सीमा नजिक रुसी सैन्य पूर्वाधारमा आगलागी हुँदा एक जना घाइते भएका छन् । युक्रेनसँग सीमा जोडिएको बल्गोरोद क्षेत्रस्थित रुसी सैनिक पूर्वाधारमा आगलागी भएको क्षेत्रीय गभर्नरले पुष्टि गरेका हुन् ।

गभर्नर भियाचिस्लाभ ग्लादकोभका अनुसार घटनामा एकजना सामान्य घाइते भएका छन् । उनका अनुसार आगलागीका कारण ७ घरमा क्षति पुगेको छ ।

यसबारे रुसी रक्षा मन्त्रालयले कुनै टिप्पणी नगरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आगलागीको कारणबारे पनि केही खुलाइएको छैन ।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीरमा आगलागी भएको स्थानबाट धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । यद्यपि आगलागीका तस्वीर र रुसी दाबीको स्वतन्त्र पुष्टि भने भई नसकेको जनाइएको छ ।

गत महिना रुसले बल्गोरोद क्षेत्रमा रहेको इन्धन भण्डारणमा युक्रेनी हेलिकोप्टरले आक्रमण गरेको दाबी गरेको थियो । तर, युक्रेनी पक्षले भने यस्तो दाबीको खण्डन गरेको छ ।

त्यसयता युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रहरुमा आगलागी, विष्फोट जस्ता घटनाहरु बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  २ : ३५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना