विश्वभर खाद्य संकट आउने जेलेन्स्कीको चेतावनी « Khabarhub

विश्वभर खाद्य संकट आउने जेलेन्स्कीको चेतावनी


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो मुलुकमा जारी रुसी आक्रमणका कारण विश्वभर खाद्य संकट आउने चेतावनी दिएका छन् ।

अष्ट्रेलियन टेलिभिजनको ६० मिनेट्स कार्यक्रममा बोल्दै राष्ट्रपति जेलेन्स्कीले विश्वभर खाद्य संकट आउने चेतावनी दिएका हुन् ।

उनले कृष्ण सागरमा रहेका युक्रेनी बन्दरगाहमा रुसी फौजले  नाकाबन्दी लगाएका कारण युक्रेनले करोडौं टन अन्न गुमाएको समेत बताए । यसकारण युरोप, एसिया र अफ्रिका प्रभावित हुने उनको चेतावनी छ ।

‘रुसले पानीजहाजलाई आउन पनि दिँदैन, जान पनि दिँदैन, यसले अहिले कृष्ण सागर कब्जा गरेको छ ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘रुसले हाम्रो मुलुकको अर्थतन्त्रलाई पूर्ण रुपमा रोक्न चाहन्छ ।’ उनले भने । युक्रेन विश्वको प्रमुख अन्न तथा अन्य खाद्य पदार्थको निर्यातकर्ता मुलुक हो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ०४ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी