भारतमा गर्मी कम हुँदै, तीन दिनमा वर्षा हुने अनुमान « Khabarhub

भारतमा गर्मी कम हुँदै, तीन दिनमा वर्षा हुने अनुमान


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा तापलहरको क्रम घट्दै गएको त्यहाँको मौसम विभागले जनाएको छ । भारतको मौसम विभागका अनुसार भारतका अधिकांश भागहरूमा ताप लहरको अवस्था कम हुँदै गइरहेको छ भने आगामी तीन दिनमा हल्का वर्षा हुने अनुमान छ ।

मौसम विभागले वर्षापछि ३–४ डिग्री सेल्सियससम्म तापक्रम घट्ने अनुमान गरेको भारतबाट प्रकाशित हुने बिजनेश स्ट्याण्डर्ड अनलाइनले जनाएको छ । सोमबारमात्र राजधानी दिल्लीको अधिकतम तापक्रम ३९ डिग्री र न्यूनतम ३० डिग्री पुग्ने अनुमान छ ।

भारत र पाकिस्तानमा यस वर्ष अत्यधिक गर्मी बढेको बताइएको छ । गर्मीका कारण एक अर्ब भन्दा धेरै मानिसहरु प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ । बढ्दो गर्मीलाई जलवायु परिवर्तनसँग जोडेर हेरिएको छ ।

यो वर्षको अप्रिल महिनामा देशका धेरै भागहरूमा उच्चतम् औसत तापक्रम रेकर्ड गरिएको छ । उत्तरपश्चिम र मध्य भारतमा अप्रिलमा क्रमशः ३५ दशमलब ९ र ३७ दशमलब ७८ सेल्सियस औसत अधिकतम तापक्रम रेकर्ड गरेको भारतीय मौसम विभागले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ४ : १४ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री