तीन दिने युरोप भ्रमणमा रहेका नरेन्द्र मोदी जर्मनी पुगे « Khabarhub

तीन दिने युरोप भ्रमणमा रहेका नरेन्द्र मोदी जर्मनी पुगे


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोप भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जर्मनीको राजधानी बर्लिन पुगेका छन् । तीन दिने युरोप भ्रमणका क्रममा उनी सोमबार जर्मनीको राजधानी बर्लिनस्थित बर्लिन ब्राण्डेनबगै विमानस्थलमा अवतरण गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

जर्मनीमा रहँदा प्रधानमन्त्री मोदीले जर्मन चान्सलर ओलाफ सोल्जसँग भेटवार्ता गर्ने जनाइएको छ । दुई नेताले भारत–जर्मनी अन्तर सरकारी समन्वयको छैटौँ सम्मेलनको सहअध्यक्षता समेत गर्ने हिन्दुस्तान टाइम्सले जनाएको छ ।

बर्लिनमा अवतरण गरेको जानकारी दिँदै प्रधानमन्त्री मोदीले ट्विट समेत गरेका छन् ।

‘बर्लिनमा ओर्लिएको छु । चान्सलर ओलाफ शोल्जसँग आज भेटवार्ता गर्दैछु । व्यापारिक प्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गर्ने र सामुदायिक कार्यक्रमलाई पनि सम्बोधन गर्नेछु ।’ उनको ट्विटमा लेखिएको छ, ‘यो भ्रमणले भारत र जर्मनीबीच रहेको मित्रता अझ प्रगाढ बनाउनेमा म विश्वस्त छु ।’

 जर्मनीको भ्रमण सकेर उनी जर्मन छिमेकी डेनमार्क र फ्रान्स पनि पुग्ने जनाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ४ : ४१ बजे

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा