लामिडाँडा विमानस्थल उपयोग विहीन « Khabarhub

लामिडाँडा विमानस्थल उपयोग विहीन


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको रावाबेँसी गाउँपालिका–३ लामिडाँडास्थित लामिडाँडा विमानस्थल उपयोग विहीन बनेको छ । कालोपत्रे गरिएपछि ३ असार २०७६ मा सफल परीक्षण उडान भरिएको लामिडाँडा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित उडानको व्यवस्था गर्न नसकेको हो । खोटाङका तीन वटा विमानस्थलमध्ये लामिडाँडा विमानस्थल सबैभन्दा पुरानो विमानस्थल हो । कालोपत्रे भएको लामिडाँडा विमानस्थल परीक्षण उडानमै सीमित भएपछि स्थानीय निराश छन् । 

साबिकको सदरमुकाम दिक्तेल नजिकै मनमाया राई खानीडाँडा विमानस्थल सञ्चालनमा आएपछि लामिडाँडा विमानस्थल बन्दजस्तै बन्न पुगेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा रहेको खानीडाँडा विमानस्थलमा बेलाबेला उडान भइरहँदा लामिडाँडा विमानस्थल सुनसान छ ।

कालोपत्रे गर्नु अगाडि उडान हुँदैआएको लामिडाँडा विमानस्थलमा कालोपत्रेपछि भने उडान रोकिएको हो । सेड्युलमा उडान नहुँदा र यात्रु नपाउँदा लामिडाँडामा उडान रोकिएको स्थानीय युवा नेता खेमराज देउसाली बताउँछन् । 

‘हप्तामा एक दिन सेड्युल हुने । सेड्युल भएका दिन पनि उडान नहुने । जहाज पर्खंदा कति बिरामीले ज्यान गुमाए,’ देउसालीले भने, ‘उडान हुने भनेको दिन उडान नभएपछि धेरैपल्ट यात्रु ढाँटिए, बिस्तारै यात्रु घटे । त्यसपछि उडान नै रोकिएको हो ।’ 

हिजोआज कच्ची सडक बनेपछि गाउँ गाउँमा यात्रुवाहक सवारी साधन पुग्ने वातावरण बनेको छ । लामिडाँडा विमानस्थलबाट आधा घण्टामाथि उक्लिएपछि मध्य पहाडी लोकमार्ग भेटिन्छ । अधिकांश स्थानीले सडक सवारी साधनबाटै यात्रा गर्न थाले । सडक यातायातको पहुँच विस्तारका कारण पनि लामिडाँडा विमानस्थलमा उडान नभएको स्थानीय बताउँछन् ।

२०२८ सालदेखि सञ्चालनमा आएको लामिडाँडा विमानस्थलमा उडान नहुँदा रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिका, ओखलढुङ्गाको कुइभीर र सोलुखुम्बुका केही स्थानका स्थानीय बढी मारमा परेका छन् । 

होटेलमा लाग्यो ताला 

खानीडाँडा विमानस्थल र खोटेहाङ गाउँपालिका–४ बड्का दियालेस्थित थामखर्क विमानस्थल सञ्चालनमा आउनु अगाडि लामिडाँडा विमानस्थल जिल्लाको एक मात्र हवाई यात्राको माध्यम थियो । लामिडाँडामा दैनिक यात्रुको घुइँचो लाग्ने गरेको थियो । होटेल तथा व्यापार व्यवसाय फस्टाउँदो थियो ।

होटेलबाट स्थानीय व्यवसायीले राम्रो आम्दानी गर्दै आएका थिए । तर उडान हुन छाडेपछि लामिडाँडाका दर्जनौँ होटेलमा ताला लागेको छ । लामिडाँडा विमानस्थलमा उडान नहुँदा यातायात, पर्यटन, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा असर परिरहेको छ । 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : ०८ बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा