कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन गठबन्धन : नेता सिंह « Khabarhub

कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन गठबन्धन : नेता सिंह


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन वर्तमान गठबन्धन भएको बताए ।

कागेश्वरी–मनोहरा नगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्दै उनले झण्डै दुई तिहाई मत प्राप्त गरेको कम्युनिष्ट सरकारले संविधान मिच्न थालेपछि संविधानको रक्षाका लागि गठबन्धन सरकार निर्माण भएको बताए। “कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने प्रमुख दायित्व कांग्रेसको हो, संविधानमा व्यवस्था गरिएका जनताको हकअधिकारलाई सुरक्षित गर्न वर्तमान गठबन्धन निर्माण भएको हो”, उनले भने ।

पार्टीका पूर्वमहामन्त्री सिंहले मुलुकको हरेक राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउँदै कांग्रेसले नै देशको विकास गर्ने उल्लेख गरे । संविधानले दिएको अधिकार प्रयोग गर्ने वातावरण कांग्रेसले निर्माण गर्ने उनको भनाइ छ ।

पूर्वउपप्रधानमन्त्री सिंहले सिंहदरबारको अधिकार स्थानीय तहमार्फत घरघरमा पुगेको भन्दै घरघरमा पुगेर जनताको सेवा बुझ्ने स्थानीय जनप्रतिनिधि स्थानीय सरकारले खोजेको बताए । उनले घरघरमा पुगेर आफ्नो पक्षमा मत माग्नसमेत पार्टीका उम्मेदवारलाई आग्रह गरे ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : ०३ बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

न्युयोर्क– परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक