यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय « Khabarhub

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती सङ्घसँग सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती सङ्घसँग थप ५ वर्षको सम्झौता गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिए।  

बैठकले कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ भने  राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोश्रो संशोधन आदेश, २०७९ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए। लोकसेवा आयोगको सिफारिसमा विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका तीन जना अधिकृतहरूलाई राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए। 

मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकहरूमध्ये धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाई सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गरिएको जानकारी दिए।  

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : ३४ बजे

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर