यूनाइटेड इन्स्योरेन्स ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित | Khabarhub Khabarhub

यूनाइटेड इन्स्योरेन्स ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– छिमेकी मुलुक भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको एसिया स्तरको तेस्रो इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ र अवार्ड २०२१ मा नेपालबाट बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर अवार्ड बाट यूनाइटेड इन्स्योरेन्स लिमिटेड सम्मानित भएको छ । 

उक्त अवार्ड ग्रहण गर्नका लागी कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल कार्यक्रममा उपस्थित  थिए । 

विश्वविख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था PWC  ले स्वतन्त्र रुपमा मूल्यांकन गर्दा विभिन्न वित्तीय सुचाङ्कहरुमाउ त्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल यूनाइटेड इन्स्योरेन्स लिमिटेडले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । कम्पनी सञ्चालनको २८औं वर्षमा कम्पनीले गत फेब्अरी २०२०–२१ मा सर्वप्रथम १ अर्ब क्लबमा आफूलाई सामेल गराउन सफल भएको थियो । 

कम्पनीलाई सफलताको दिशामा अग्रसर गराउन सफल प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले इन्डियन चेम्बर अफ कमर्सलाई धन्यवाद दिदैँ उक्त सफलता हात पार्नका लागी साथ दिने कम्पनीको सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समिति, शेयरधनी ,ग्राहक नियामक निकाय बीमा समिति तथा कोभिडको समयमा समेत मिहिनेत गर्ने आफ्ना कर्मचारी तथा सञ्चार जगत लगायत सबैमा कृतज्ञता व्यक्त गरेका थिए  । 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : ५३ बजे

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति तय गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक