कुन उम्मेदवारले कति सवारी साधन प्रयोग गर्न पाउँछन् ? « Khabarhub

कुन उम्मेदवारले कति सवारी साधन प्रयोग गर्न पाउँछन् ?


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूका लागि सवारीसाधन प्रयोग निर्देशिका जारी गरेको छ ।

 वैशाख ३० गतेको निर्वाचनका लागि यस्तो निर्देशिका जारी भएको हो । निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि, २०७९ का अनुसार उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिएरमात्रै निर्वाचन प्रचारप्रसारका लागि सवारीसाधन प्रयोग गर्न पाउनेछन्। 

महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख वा उपप्रमुख वा वडाध्यक्ष र वडा सदस्यले बढीमा दुई वटा दुई पाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन् । 

नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यले एउटा दुई पाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन र दुई वटासम्म घोडा प्रयोग गर्न पाउनेछन्। आयोगको कार्यविधिअनुसार सवारीसाधन प्रयोगका लागि उम्मेदवारले निर्वाचन अधिकृतलाई निवेदन दिनुपर्ने छ । 

आयोगले जारी गरेको निर्देशिका अनुसार अधिकृतले निवेदनका आधारमा उल्लिखित संख्यामा नबढ्ने गरी सवारीसाधन प्रयोग गर्ने अनुमतिपत्र जारी गर्नुपर्ने जनाइएको छ । 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : ४९ बजे

सीजी मेरिडियाको ‘एआईस्मार्ट एयर फ्रायर’, के-के छन् विशेषता ?

काठमाडौं– सीजीले ‘सीजी मेरिडिया’ अन्तर्गत स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा बजारमा ल्याएको एआई-सञ्चालित

रास्वपाले विघटन गर्‍यो रसुवा जिल्ला कार्यसमिति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवा जिल्ला समितिलाई विघटन गरिदिएको छ

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो : सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सुकुम्वासी व्यवस्थापन,

लागूऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न पठाउँदा राष्ट्रपतिले सम्झाए यसअघिका दुई निर्णय

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र