स्थानीय निर्वाचन : दाङमा साढे ६ हजार जनशक्ति परिचालन हुने « Khabarhub

स्थानीय निर्वाचन : दाङमा साढे ६ हजार जनशक्ति परिचालन हुने


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा स्थानीय तह निर्वाचनका लागि साढे ६ हजार जनशक्ति परिचालन हुने भएको छ ।

निर्वाचना कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरी साढे ६ हजार जनशक्ति परिचालन हुने भएको हो ।

३ हजार ६ सय ८८ जना कर्मचारी र ३ हजार सुरक्षाकर्मी गरी ६ हजार ६ सय ८८ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अनुसार ४ सय ८१ मतदान केन्द्रका प्रत्येक मतदान केन्द्रमा ८ जनाको दरले कर्मचारी खटिने छन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य तीन जना कर्मचारी र ३ जना स्वयसेवक परिचालन हुने कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

निर्वाचनका लागि निजमाती कर्मचारी, शिक्षकहरू परिचालन हुँदै छन् । त्यस्तै नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी ३ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

थप सुरक्षाकर्मीसमेत तयारी अवस्थामा राखिने र आवश्यक पर्ने ठाउँमा तत्काल परिचालन गरिने योजनासहित सुरक्षा योजना तयार पारिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । यसैगरी, नेपाली सेनाले बम डिस्पोजल टोलीलाई समेत तयारी अवस्थामा राखिने छ ।

निर्वाचन सुरक्षा कार्य योजना बनाएर निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पूरा गरेर सुरक्षाकर्मी परिचालन गरिएको दाङमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

दाङमा ४ लाख ९ हजार ९ सय २ जना मतदाता रहेका छन् भने मतदान स्थल १ सय ५३ वटा र केन्द्र ४ सय ६१ निर्धारण भएको छ । मतदातालाई मतदाता परिचय पत्र वैशाख २८ र २९ गते सम्बन्धित मतदानस्थलबाट वितरण गरिने छ । सोही दिन नै मतदाता शिक्षासमेत चलाइने निर्वाचन कार्यालयको तयारी छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ८ : ४४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको