असन्तुष्ट रहेका एआईजीपी थापा बुधबारबाट काममा फर्किने « Khabarhub

असन्तुष्ट रहेका एआईजीपी थापा बुधबारबाट काममा फर्किने


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा बुधबारबाट काममा फर्किने भएका छन् ।

सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर आफू बुधबारबाट काममा फर्किने बताएको गृहमन्त्रीका प्रेस सल्लाहकार मधुसुदन भट्टराईले जानकारी दिए ।

‘म बुधबारबाट संगठनको पूर्ववत् काममा फर्कन्छु,’ अतिरिक्त महानिरीक्षक थापाले भने, ‘मंगलबार सरकारी बिदा छ । बुधबार हाजिर गरेर काम सम्हाल्छु ।’

उनी प्रहरीको कार्य विभाग प्रमुख हुन् । कार्य विभाग प्रमुख निर्वाचन हेर्ने प्रमुख भएकाले उनले नै प्रहरीको स्थानीय निर्वाचनको प्रमुख भएर काम गरिरहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ९ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको