काठमाडौँलाई सफा, स्वस्थ र हराभरा बनाउँंछु : सिर्जना सिंह « Khabarhub

काठमाडौँलाई सफा, स्वस्थ र हराभरा बनाउँंछु : सिर्जना सिंह


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा नेपाली कांग्रेससहितको गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएकी सिर्जना सिंहले काठमाडौँलाई सफा, स्वस्थ, हराभरा बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प र महिला गैरसरकारी संस्था महासंघको संयुक्त आयोजनामा सोमबार काठमाडौँमा भएको कार्यक्रममा कांग्रेस नेतृ सिंहले आफूले अन्धकारमय काठमाडौँलाई उज्यालो बनाएर सबैका लागि सुरक्षित काठमाडौँ बनाउने बताइन् ।

वर्षौंसम्म सक्रिय राजनीति गरे पनि कहिल्यै पदको अपेक्षा नगरेको उनको भनाइ छ । महानगरको हकमा युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्ने, पर्यटकीय,व्यापारिक केन्द्र बनाउने,स्वदेशमै रोजगारको सिर्जना गरेर वैदेशिक रोजगारमा जाने क्रमलाई न्यूनीकरण गर्नेलगायतका काम प्राथमिकतामा राखेर गर्ने कांग्रेस नेतृ सिंहले बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट टोखा नगरपालिकामा मेयरको उम्मेदवार बनेकी रजनी थापाले महिलाले महिलाको खुट्टा तान्ने प्रवृत्ति त्यागेर हात तानेरमाथि उठाउनुपर्ने बताइन् ।

कार्यक्रममा थापाले भनिन्, ‘महिलाको बाधक महिला नै हुन्छन् भनेर हामीमाथि आरोप छ । सासू, बुहारी, नन्द, अमाजु एकले अर्कोलाई साथ दिएर हिँड्ने हो भने हामीलाई कसैले रोक्न सक्दैन । यो अभ्यास घरबाटै सुरु गर्नुपर्छ ।’ महिला भएकै कारणले मत दिने नभई भिजन र एजेण्डा हेरेर मत दिन उनले आग्रह गरिन् ।

आफूले जित हासिल गरे महिला सशक्तीकरण र हिंसा विरुद्ध लड्ने योजना बनाउने उनले बताइन् ।

त्यसैगरी, विवेकशील साझा पार्टी काठमाडौँबाट मेयरकी उम्मेदवार समीक्षा बाँस्कोटाले २५ वर्षमा महानगरले ठूला पार्टीका नेताबाट कुनै परिवर्तन नपाएकोले गुनासो पोखिन् । बाँस्कोटाले सार्वजनिक यातायातमा हुने हिंसाको न्यूनीकरण, ढलको समस्या समाधान, सार्वजनिक शौचालय, ढुङ्गेधारा र सम्पदाको संरक्षण गर्नु आफ्नो पार्टीको उद्देश्य रहेको बताइन् ।

काठमाडौँ महानगरकी एमाले उपमेयर उम्मेदवार सुनिता डंगोलले अग्रजहरूको आशिर्वाद लिएर नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताइन् ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ महानगरबाट उपमेयरकी उम्मेदवार विनिता मगैयाँले समानताको लागि महिलाले राजनीतिमा धेरै भन्दा धेरै सहभागिता जनाउनु आवश्यक रहेको बताइन् ।

त्यस्तै कार्यक्रममा विवेकशील साझा पार्टीकी काठमाडौँमा उपमेयरकी उम्मेदवार कृति तुलाधार, राष्ट्रिय प्रजातन्त्र ललितपुर महानगर उपमेयर उम्मेदवार स्वर्णिमा शाक्य लगायतले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रममा महिला गैरसरकारी संस्था महासंघकी अध्यक्ष डा. शशी अधिकारीले महिला उमेदवारलाई जिताएर महिला जनप्रतिनिधिको संख्यामा उल्लेख्य वृद्धि गर्ने उदेश्यले संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको बताइन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १० : ४२ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम