पत्रकारलाई प्रेस काउन्सिलको ध्यानाकर्षण | Khabarhub Khabarhub

पत्रकारलाई प्रेस काउन्सिलको ध्यानाकर्षण


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेस काउन्सिल नेपालले सात वटा अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई ध्यानाकर्षण गराएको छ ।

काउन्सिलले पत्रकारले सामाजिक सञ्जालमा राखिएको सामग्रीबाट पत्रकार आचारसंहिता–२०७३, (पहिलो संशोधन, २०७६) को दफा १४ र निर्वाचनआचारसंहिता २०७८ को दफा ४(थ) र दफा २२ को (च) प्रतिकूल भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ को खण्ड (च) मा ‘कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक मेसेन्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने’ व्यवस्था रहेको छ । काउन्सिलले सोही आधारमा ध्यानाकर्षण गराएको हो । पत्रकार आचारसंहितामा व्यवस्था भएबमोजिम पत्रकार एवं सञ्चार माध्यमले प्रयोग गर्ने (सञ्चालन गर्ने) सामाजिक सञ्जालमा प्रवाह भएका सामग्रीको प्रवृत्तिगत अध्ययन गरी ती पत्रकारलाई ध्यानाकर्षण गराएको काउन्सिलले जनाएको छ ।

विसं २०७८ चैत २६ गतेदेखि बिहीबारसम्म काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकुल समाचार सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चारमाध्यमलाई कारबाही गरेको छ । काउन्सिलले सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाई त्यसबारे निर्वाचन आयोगलाई जानकारी दिँदै आएको छ । निर्वाचन आचारसंहिता लागू भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमबाट आचारसंहिता पालना भए÷नभएको विषयमा विशेष अनुगमनसमेत गर्दै आएको छ ।

निर्वाचन आचारसंहिता २०७८ मा कुनै राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने, कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारका लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुनेलगायत सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ११ : १८ बजे

अस्थायी रूपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज– आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थायी

कार्कीलाई बधाई दिँदै उद्योग सङ्गठन मोरङले भन्यो – लुटपाट, आगजनी तथा विध्वंसमा सङ्लग्नलाई दण्डित गरियोस्‌

काठमाडौँ – पूर्वका उद्योगीहरूको छाता संस्था उद्योग सङ्गठन मोरङले नवनियुक्त

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं– सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र