चुरे क्षेत्रबाट बस्ती हटाउन र वृक्षारोपण गर्न लक्ष्मणलाल कर्णको सुझाव « Khabarhub

चुरे क्षेत्रबाट बस्ती हटाउन र वृक्षारोपण गर्न लक्ष्मणलाल कर्णको सुझाव


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोकतान्त्रिक समाजवादीका सांसद लक्ष्मणलाल कर्णले चुरे क्षेत्रबाट बस्ती हटाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले चुरे संरक्षणका लागि सो क्षेत्रबाट बस्ती हटाउनुपर्ने र वृक्षारोपण गर्नुपर्ने बताएका छन् ।

चुरे संरक्षण भएमा मधेशका बस्ती जोगिने भन्दै कर्णले भने, ‘चुरे संरक्षण गर्न वृक्षारोपण गर्नुहोस् । चुरेमा भएका बस्ती हटाउनुहोस् । चुरे संरक्षण भयो भने मधेशका जग्गा बच्छ ।’

चुरे संरक्षण नभएमा १० वर्षमा मधेश मरभूमिमा परिणत हुने भन्दै उनले बजेट बनाउने क्रममा प्रदेश सरकारसँग छलफल नगरेकोमा आपत्ति जनाए । चुरे संरक्षण गर्ने विषयमा गफ मात्रै भएको टिप्पणी गरेका कर्णले चुरे संरक्षण गर्ने विषयमा गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  २ : ३४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी