शान्ति समाज स्थापना दिवस ३० जिल्लामा मनाइयो « Khabarhub

शान्ति समाज स्थापना दिवस ३० जिल्लामा मनाइयो


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानव अधिकार तथा शान्ति समाज स्थापना दिवस मनाइएको छ ।

शान्ति समाज स्थापना भएको दिनको अवसरमा बिहीबार ३० जिल्लामा कार्यक्रमको आयोजना गरि यो दिवस मनाइएको छ । “ शान्ति समाजको कार्यक्षेत्र जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य” भन्ने मूल नारासहित दर्जनौ कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो ।

स्वयंसेवी संस्था शान्ति समाज २०५३ जेठ १९ गते स्थापना भएको हो । शान्ति समाजले पछिल्लो दशकमा जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना अभियान, हिमालय बचाउँ आन्दोलन, युद्ध निषेध, शान्ति विशेष अभियान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार अभियान, लागू औषध(मदिरा दुव्र्यसन विरुद्ध अभियानलाई तिव्रता दिँदै आएको छ ।

३८ जिल्लामा शाखा, १५१० आजीवन सदस्य र स्थापनाकालदेखि हालसम्म गरि १० हजार ६ सय ६० जनाले सदस्यता लिएको मानव अधिकार तथा शान्ति समाजको संस्थापक सभापति कृष्ण पहाडी रहेका छन् ।

स्थापना दिवसको अवसरमा बिहीबार बिहान शान्ति समाज रुपन्देही शाखाले वुटवलस्थित नेपाल अपागं आश्रमलाई खाद्यान्न सहयोग र सैनामैनास्थित सुस्त मनस्थिति विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ भने काठमाण्डौ शाखाले गोठाटारस्थित असहाय गाईबाच्छा संरक्षण अभियानलाई रु। २० हजारको पिठो सहयोग गर्नुका साथै सोही स्थलमा वृक्षारोपण समेत गरेको छ ।

यसैगरी सुनसरी शाखाले स्थानीय शान्ति वृद्धाश्रमलाई, गोरखा शाखाले गुरुकुल आश्रमलाई र नवलपुर शाखाले अपांग जीवन विकास संस्थालाई खाद्यान्न सहयोग गर्नुका साथै दाङ शाखाले तुलसीपुरस्थित आश्रमका लागि भोजन सहयोग गरेको छ ।

यसैगरी शान्ति समाज चितवन शाखाले एक वृद्धाश्रमलाई नगद सहयोग, संखुवासभा शाखाले फलफुल वितरण गर्नुका साथै सिरहा शाखाले लहानमा र कपिलवस्तु शाखाले वाणगंगामा वृक्षारोपण कार्यक्रम गरेका छन् भने कैलाली शाखाले कर्णाली नदी पाताभार घाटमा सफाई कार्यक्रम गरेको छ ।

यस्तै शान्ति समाज पाल्पा शाखाले तानसेनमा श्रवणशक्ति कम भएका विद्यार्थीलाई र कास्की शाखाले जेठ १८ गते पोखरास्थित एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । शान्ति समाज स्थापना दिवसकै अवसरमा थप १७ वटा शाखाले आजै सेवामुखी लगायत विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ३ : ०७ बजे

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय

पहाडका विभिन्न स्थानमा, तराईमा उखरमाउलो गर्मी कायमै

काठमाडौं – पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा बाँकेबाट एक जना पक्राउ

बाँके – १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बाँके

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने