सम्पत्ति शुद्धीकरणमा तानिएपछि भारतीय कांग्रेस प्रमुख सोनिया गान्धीलाई कोरोना ! « Khabarhub

सम्पत्ति शुद्धीकरणमा तानिएपछि भारतीय कांग्रेस प्रमुख सोनिया गान्धीलाई कोरोना !


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । पार्टीका प्रमुख प्रवक्ता रणदीप सुर्जेवलाले गान्धीलाई कोरोना भाइरसको संक्रमण पुष्टि गर्दै उनी अहिले चिकित्सकको सल्लाहमा आइसोलेसनमा रहेको जानकारी दिएका छन् ।

सर्जेवलालाई उद्धृत गर्दै भारतबाट प्रकाशित हुने इण्डियन एक्सप्रेसको अनलाइन संस्करणले जनाएअनुसार गान्धीलाई सामान्य ज्वरोको लक्षण देखिएको छ । ७५ वर्षे गान्धीले पछिल्ला केही सातामा विभिन्न राजनीतिक दलका नेताहरु तथा अभियानकर्मीहरुसँग भेटवार्ता गरेको जनाइएको छ ।

उनलाई कोरोना भाइरसको संक्रमण देखिनु एक दिनअघि अर्थात् बुधबार भारतको ‘इनफोर्समेन्ट डाइरेक्टोरेट’ (ईडी) ले सम्पत्ति शुद्धीकरणको विषयमा जुन ८ मा ईडीको कार्यालयमा हाजिर हुन निर्देशन दिएको थियो ।

गान्धीलाई कोरोना भाइरसको संक्रमण भएपनि उनी कार्यालयमा हाजिर हुन जाने प्रवक्ता सुर्जेवलाले जनाएका छन् ।

ईडीले कांग्रेसका प्रभावशाली नेता राहुल गान्धीलाई पनि जुन २ अर्थात् बिहीबार नै कार्यालयमा हाजिर हुन निर्देशन दिएको थियो । यद्यपि उनी विदेशमा रहेकाले हाजिर हुन नसकेको जनाइएको छ ।

कांग्रेस पार्टीका केही नेताहरुले भने सरकारले राज्यका संयन्त्रहरुलाई विपक्षी दबाउन प्रयोग गरिरहेको समेत आरोप लगाएको जनाइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ४ : ३० बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ