‘पुटिन–जेलेन्स्की भेटवार्ताको सम्भावना कायमै’ : क्रेमलिन | Khabarhub Khabarhub

‘पुटिन–जेलेन्स्की भेटवार्ताको सम्भावना कायमै’ : क्रेमलिन


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ताको सम्भावना अझै कायम रहेको रुसी प्रशासन क्रेमलिनले जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार दुई राष्ट्रपतिबीचको भेटवार्ताको सम्भावना अझै मरिसकेको छैन ।

यद्यपि यसका लागि दुबै पक्षले पूर्वतयारी गर्नुपर्ने पेस्कोभको भनाइ छ । उनले शान्ति सम्झौताको दस्तावेजमा काम हुन छाडेको धेरै लामो समय भइसकेको उल्लेख गर्दै त्यो अझै सुरु नभइसकेको समेत टिप्पणी गरे ।

पेस्कोभले रुसी अधिनमा रहेका खेर्सन, जापोरिजिया र डोनबासजस्ता युक्रेनी क्षेत्रहरुलाई आफ्नो भविष्य निर्धारण गर्ने अधिकार रहेको उल्लेख गर्दै उनीहरुले ‘उत्कृष्ट निर्णय’ गर्ने मा कुनै शंका नरहेको समेत बताए ।

यसअघि युक्रेनी पक्षले रुसले युक्रेनी भूभागलाई आफ्नो मुलुकमा गाभ्न खोजेकोे खण्डमा शान्ति वार्ता समाप्त हुने चेतावनी दिएको थियो ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ता गरी छलफल गर्न चाहेको बताउँदै आएका छन् ।

यसअघि रुसी पक्षले यसबारे चासो देखाएको थिएन । यद्यपि पछिल्लो समय भने क्रेमलिनले दुई राष्ट्रपतिबीच भेटवार्ताको सम्भावना कायमै रहेको जनाएको हो ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ४ : ४४ बजे

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल