पाेखरा-१८ मा ३ मतले चुनाव हारेपछि थापाले हाले मुद्दा | Khabarhub Khabarhub

पाेखरा-१८ मा ३ मतले चुनाव हारेपछि थापाले हाले मुद्दा


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका-१८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् । उनले चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा हालेका हुन् । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दिएका हुन् । 

यो वडामा कांग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए । ५ हजार ८ सय ४३ मतदाता मध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेको थियो । गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायब पारिएको थापाको आरोप छ । थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुन: गणनाको माग सहित निवेदन दिएका थिए । तर पुनः गणना हुन सकेन ।

‘हारजित स्वभाविक हो । लोकतन्त्रमा निर्णय मान्नुपर्छ,उनले भने, तर खसेको मत त देखाउनुपर्‍यो नि । खसेको ९ मतको जवाफ चाहियो’। उनले सत्य तथ्य छानबिन गरेर पुनः मतगणनाको माग राखेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ५ : २४ बजे

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज