संसदमा गंगा चौधरीको प्रश्न : ५२ जिल्लाका महिलाले विवाहअघि नै स्थायी बन्ध्याकरण गर्छन् ? | Khabarhub Khabarhub

संसदमा गंगा चौधरीको प्रश्न : ५२ जिल्लाका महिलाले विवाहअघि नै स्थायी बन्ध्याकरण गर्छन् ?


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एमालेकी सांसद गंगा चौधरीले सरकारले स्वास्थ्य सेवा प्रदानमा विभेद गरिएको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले केही जिल्लाका लागि मात्र सीमित रोगी र सुत्केरीलाई भत्ता उपलब्ध गराउने कार्यक्रमले विभेद गरेको भन्दै आपत्ति जनाइन् ।

जटिल रोगका बिरामीलाई दिइने पाँच हजारभत्ताले औषधि किन्न पनि नपुग्ने भन्दै उनले आफू सिकलसेल एनिमियाको रोगी रहेको दैनिक एक हजार रुपैयाँको औषधि खाने गरेको जानकारी दिइन् । तर, गरिब तथा निम्न आय भएका सिकलसेल एनिमियाका रोगीले औषधि पनि खान नसक्ने अवस्था रहेको बताउँदै भनिन्, ‘क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार दिन अब बन्द गर्नुस् ।

भीआईपीले पाउने उपचार खर्च गरिब जनतालाई दिनुस् । तपाईंहरुले ३० लाख खर्च गरेर मिर्गौला प्रत्यारोपण र डायलासिस गर्ने, अनि गरिब जनतालाई पाँच हजारले ललिपप देखाउन खोजेको हो ?’  २५ जिल्लामा सुत्केरी भत्ता दिने सरकारको कार्यक्रमले पनि जनतालाई विभेद गरेको भन्दै उनले बाँकी ५२ जिल्लाका महिला विवाहअघि बन्ध्याकरण गरेका हुन्छन् वा उनीहरुले बच्चा नै जन्माउनु नपर्ने हो भन्दै प्रश्न गरिन् ।

‘५२ जिल्लाका दिदीबहिनीहरुले विवाहअघि स्थायी बन्ध्याकरण गरेर विवाह गर्छन् ?, तिनीहरुले बच्चा जन्माउनु पर्दैन ? ५२ जिल्लामा गरिब, विपन्न महिला छैनन् रु, विभेदकारी तपाइँहरुको समाजवाद यही हो ?,’ चौधरीले प्रश्न गरिन् ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ६ : ४७ बजे

कारोबारमा उत्साहसँगै यो साता ५२ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं–यो साता नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा उत्साह देखिएको छ

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक

मोदीविरुद्ध उम्मेदवारी दिएका हास्यकलाकार श्याम रंगीलाको मनोनयन खारेज

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उम्मेदवारको मनोनयन दर्ता गरेका हास्यकलाकार

विश्लेषक झाको सुझाव– बहुमत नपुग्नेले झ्यालबाट छिर्ने काम बन्द गरौँ

सत्ता स्वार्थले दलहरू भित्र मच्चिएको रडाकोले व्यवस्था माथि प्रश्न उठिरहेको

रास्वपा भन्छ- ‘कांग्रेस नेता घण्टा-घण्टामा कुरा फेर्छन्, उहाँहरूलाई सरकार चाहिएको छ’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले छानबिन समितिका नाममा ४ सहकारीलाई