एन्फा निर्वाचन: दुई सदस्यको उम्मेदवारी खारेज  | Khabarhub Khabarhub

एन्फा निर्वाचन: दुई सदस्यको उम्मेदवारी खारेज 


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ ९एन्फा० को आगामी ६ असारमा हुने निर्वाचनमा उम्मेदवारी दिएका दुई सदस्यको उम्मेदवारी खारेज भएको छ ।

एन्फाको निर्वाचन कमिटीले इन्टीग्रीटी परीक्षणमा कैफियत देखिएकोले दुई सदस्यको उम्मेदवारी खारेज गरेको जनाएको छ । रद्द हुने उम्मेदवारमा रमेश कुमार श्रेष्ठ र शम्भुबहादुर सिंह ठकुरी रहेका छन् । यससँगै सदस्य उम्मेदवारी ३४ रहेको छ । यस अघि ३६ उम्मेदवारी रहेको थियो ।

यद्यपि दुई सदस्य अपिल कमिटीमा जान सक्नेछन् । असार ६ गते हुने चुनावमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ तथा फ्रेन्डस क्लबका राजीव पौडेलसहित गरी तीनजनाको उम्मेदवारी परेको छ ।

वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाट शिक्षित पराजुली र नेम्वाङ प्यानलबाट वीरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्ष पदका लागि शेर्पा प्यानलबाट उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्माको उम्मेदवारी परेको छ भने नेम्वाङ प्यानलबाट सुन्दरनरसिंह जोशी, विराटजंग शाही, दावा लामा र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि नै सदस्य पदका लागि भरत बुड थापा, दीपेन्द्र धिमाल, भोजराज शाही, अनिल मल्ल, रवीन्द्र चन्द, मानदेव हजारा, तपेश्वर कुमार राउत कुर्मी, मणिराज विष्ट, मणि मार लिम्बु, अनिल श्रेष्ठ, दीपक थापा क्षेत्री, रामराज गुरुङ, लोकेन्द्र गुरुङ, बाँकेका प्रदेश सिंह राठोर, रुपेश अधिकारी, टिकाराम लामा, विनोद लामा तामाङ, कुमार कटुवाल, प्रवीण कुमार यादव, कृष्ण मुरारी गुरुङ, रमेश व्यञ्जनकार, मिलन गुरुङ, विजय घले, नेपाल कार्की, विकास नारायण श्रेष्ठ, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, प्रवीण कुमार सुवाल, निरोज खड्गी, ताप्लेजुङका बालकृष्ण सावाँ, मनाङ मर्स्याङ्दी क्लबका मुखिया लामा र पूर्व खेलाडी सुन्दर थापा क्षेत्रीले उम्मेदवारी दिएका थिए ।

यस्तै, दुई महिला सदस्यका लागि सरिला श्रेष्ठ, बिन्द्रा देवान, विमला पौडेल, पेमा डोल्मा लामा र विना श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।आगामी चार वर्षे कार्यकालका लागि असार ६ गते एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ खुल्ला सदस्य र दुई महिला सदस्य गरी २१ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ६ : ०२ बजे

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका

प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु

दोलखा – प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा

अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ। जिल्लाको

सफा हिमाल अभियान दुई मानव शव सङ्कलन

काठमाडौं – नेपाली सेनाको अगुवाइमा सञ्चालन भई रहेको सफा हिमाल