दबावमा होइन उत्कृष्टताका आधारमा सरुवा/बढुवा : प्रहरी महानिरीक्षक | Khabarhub Khabarhub

दबावमा होइन उत्कृष्टताका आधारमा सरुवा/बढुवा : प्रहरी महानिरीक्षक


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले राजनीतिक दबावले भन्दा पनि उत्कृष्टताका आधारमा प्रहरी कर्मचारीको सरुवा/बढुवा हुने बताएका छन् ।

प्रहरी महानिरीक्षक भएको एक महिना पूरा भएको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले उत्कृष्ट र कार्य दक्षता हेरेर नै सरुवा/बढुवा हुने स्पष्ट पारे । अन्य कारणबाट गरिएको बढुवाले सङ्गठनको श्रीवृद्धिमा सहयोग नगर्ने पनि उनको धारणा राखे ।

मिडियामा आएका कतिपय कुरामा सत्यता बुझ्न पनि उनले पत्रकारलाई आग्रह गरे । उनले सङ्गठन प्रमुख फेरिँदैमा प्राथमिकता नफेरिने बरु त्यसलाई सफलरुपमा कार्यान्वयन गर्नु महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै आफूले अहिले विगतका योजना कार्यान्वयनमा ध्यान दिएको बताए ।

प्रहरी महानिरीक्षक सिंहले सङ्गठनको निष्पक्षतामा कुनै सम्झौता नहुने र प्रहरीको नियमभन्दा बाहिर जाने कारवाहीको भागिदार हुने पनि बताए । प्रहरी कार्यालयमा जाहेरी लिन आनाकानी गरेका सन्दर्भमा उठेको जिज्ञासामा उनले अपराध संहितामा प्रहरीले जाहेरी लिनुपर्ने कुरा स्पष्ट उल्लेख भएकाले कुनै प्रहरी कार्यालयले जाहेरी नलिएमा त्योभन्दा माथिल्लो कार्यालय वा प्रशासन कार्यालयमा जाहेरी दिन सकिने पनि बताए ।

उनले सङ्गठित अपराधमा तथा अन्य घटनामा वस्तुनिष्ठ अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउन प्रहरी कटिबद्ध रहेको पनि बताए। निर्मला पन्त प्रकरणको अनुसन्धानसमेत आफ्नो प्राथमिकतामा रहेको प्रहरी महानिरीक्षकको भनाइ छ । विसं २०५१ पछि पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएकामा उनले सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ७ : १७ बजे

आज २०८२ साल असार २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क