बेलायतमा मंकीपक्स बढ्दो, यौन सम्पर्क नगर्न संक्रमितलाई सरकारको निर्देशन | Khabarhub Khabarhub

बेलायतमा मंकीपक्स बढ्दो, यौन सम्पर्क नगर्न संक्रमितलाई सरकारको निर्देशन


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । योसँगै मंकीपक्सबाट संक्रमितको संख्या १७९ जना पुगेको बेलायतको स्वास्थ्य सुरक्षा निकाय (यूकेएचएसए) ले जनाएको छ ।

संक्रमण बढेसँग सरकारले नयाँ निर्देशिका जारी गरेको छ । जसअनुसार भाइरस भएका जो कोहीलाई यौन सम्पर्कबाट टाढा रहन सल्लाह दिइएको बीबीसीले जनाएको छ ।

सावधानीको रूपमा संक्रमणपछि आठ हप्तासम्म कन्डम प्रयोग गर्न भनिएको छ । संक्रमणको जोखिम न्यून रहेको तर, मानिसहरू नयाँ दाग वा घाउप्रति सर्तक हुनुपर्ने यूकेएचएसएले सुझाव दिएको छ ।

स्कटल्यान्डमा चार, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा एक जनामा कोभिड देखिएको छ । शरिरमा रातो फोका देखिनु र हल्का ज्वरो आउनु मंकीपक्स संक्रमणका लक्षण हुन् ।

भाइरस संक्रमित र उनीहरूको सम्पर्कमा रहेकालाई २१ दिनसम्म घरमा अलग्गै बस्न भनिएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ६ : ५८ बजे

‘ओलीले पुरानै स्टायल दोहोर्‍याउनु भयो, कांग्रेसका कारण देश मध्यावधिमा जान सक्छ’

काठमााडौं- प्रतिनिधिसभामा खरोरुपमा प्रस्तुत हुने नेतामा पर्छन् नेकपा एमालेका सांसद

चर्चामा बहादुरीको कथा

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’

पाथीभरामा एक महिनाको भेटी ६९ लाखभन्दा बढी

ताप्लेजुङ– मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनाको अवधिमा ६९ लाख