प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने « Khabarhub

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया टुङ्गिन बाँकी रहेको छ । खरेलविरुद्ध उठेका विवादित विषयमा थप अध्ययन गर्नुपर्ने भएपछि सुनुवाइ प्रक्रिया लम्बिएको हो ।

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेलसँग सम्बन्धित विवादित विषयमा थप सूचना तथा प्रमाण आवश्यक रहेकाले समितिले अध्ययनका लागि समय लिने बताए।

समितिको आजको बैठकमा खरेलको स्वार्थको द्वन्द्व, म्यानपावर व्यवसायीसँगको सम्बन्ध र पोखरामा जग्गा खरिद गर्दा अनियमितता भएको भन्ने विषयमा प्रश्न उठाइएको थियो ।

सभापति श्रेष्ठले परराष्ट्र ऐनमा राजदूतका लागि उच्च नैतिक चरित्र हुनुपर्ने व्यवस्था रहेकाले त्यससम्बन्धी विषयको अध्ययन तथा रुजु गर्न आवश्यक रहेको बताए । थप अध्ययनपछि समितिले आवश्यक निर्णय लिने र प्रक्रियामा ढिलाइ भए सचिवालयमार्फत जानकारी गराइने उनले स्पष्ट पारे।

‘आएका केही विवादास्पद विषयबारे थप जानकारी लिन हामी सबैलाई समय चाहिएको छ’, उनले भने, ‘प्रस्तावित राजदूत खरेल पनि अन्यायमा पर्नु हुँदैन र समितिले पनि विवादमा पर्नेगरी काम गर्नु हुँदैन ।’

सुनुवाइका क्रममा प्रस्तावित राजदूत खरेलले आफूविरुद्ध उठाइएका केही विषयमा स्पष्टीकरण दिने प्रयास गरेका थिए । समितिले विवादित विषयमा थप अध्ययन गरेपछि सुनुवाइ प्रक्रियाबारे निर्णय गर्ने जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  २ : ३१ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम