भन्सार छली ल्याइएका मोबाइल सहित भारतीय नागरिक पक्राउ « Khabarhub

भन्सार छली ल्याइएका मोबाइल सहित भारतीय नागरिक पक्राउ


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध रुपमा भन्सार छली ल्याइएका मोबाइलसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीले भारतको बिहार राज्यस्थित वैशाली जिल्ला घर भई हाल कलंकलीमा बसोबास गर्दै आएका २८ वर्षे जमशेद अलीललाई अवैध मोबाइलसहित पक्राउ गरेको हो ।

भन्सार छलेर मोबाइल बिक्री वितरण गरेको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

न्युरोडमा रहेको ताम्राकार कम्प्लेक्समा जेम्स मोबाइल रिपेयर पसलका सञ्चालक समेत रहेका उनको पसल खानतलासी गर्दा भन्सार छली ल्याइएका १३ वटा मोबाइल समेत बरामद गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थलको भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ८ : १३ बजे

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका