प्रधानमन्त्रीसहित गठबन्धनका नेताले निजगढ विमानस्थलको निरीक्षण गर्दै « Khabarhub

प्रधानमन्त्रीसहित गठबन्धनका नेताले निजगढ विमानस्थलको निरीक्षण गर्दै


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को शनिबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन्।

काठमाडौंबाट बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताको टोली निजगढ भ्रमणमा आउन लागेको गठबन्धनका एक नेताले जानकारी दिए।

प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेता विमानस्थल निर्माणक्षेत्रको अवलोकनमा आउन लागेका हुन्।

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा आउन लागेका हुन्।

सर्वोच्च अदालतले गत बुधवार विमानस्थल सम्बन्धि मुद्दाको फैसला गर्दै निमार्ण गर्ने जिम्मा सरकारको हातमा दिएको छ।

जैविक विविधतायुक्त घना जंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ।

यता, निजगढका स्थानीयले भने सर्वोच्चको यसअघिको फैसलापछि निजगढमा नै विमानस्थल निर्माण गरिनु पर्ने भन्दै पूर्वपश्चिम लोकमार्गमा गर्दै आएको रिले अनशन बिहिवारबाट अन्त्य भएको छ।

विमानस्थल निर्माण सम्बन्धमा सर्वोच्च अदालतले बुधवार सार्वजनिक गरेको पूर्णपाठलाई सकरात्मक भन्दै समितिले २४ दिनअघि देखि गर्दै आएको रिले अनशन अन्त्य गर्ने निर्णय गरेको हो। नेकपा एमालेका पोलिटब्युरो सदस्य एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेल अनशनकारीलाई जुस खुवाएर अनसन तोड्न लगाउनु भएको हो। विमानस्थल निर्माणको माग राखेर निजगढको शहीद चोकमा अनशन हुँदै आएको थियो।

निजगढ विमानस्थल निर्माणको माग राखेर समितिले जेष्ठ २४ गतेदेखि निजगढको शहिद चोकमा रिले अनशन सुरु गरेको हो।

निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरुले विमानस्थल निर्माण नगर्ने अदालतको यसअघिको जेष्ठ १२ को फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै सोही दिनदेखिनै राँके जुलुस, पूर्वपश्चिम लोकमार्गमा चक्काजाम र प्रदर्शन गर्दै आएका थिए।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : २५ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट