खानीडाँडा–याम्खा सडक कालोपत्रेको लागि स्ट्रक्चरको काम सुरु « Khabarhub

खानीडाँडा–याम्खा सडक कालोपत्रेको लागि स्ट्रक्चरको काम सुरु


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने सडक कालोपत्रेको प्रारम्भिक चरणका काम थालिएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित खानीडाँडा विमानस्थल जोड्ने १५ किलोमिटर लामो सडक कालोपत्रेका लागि स्ट्रक्चरको काम थालिएको हो ।

सडक कालोपत्रेका लागि प्रारम्भिक चरणका काम गर्न चालु आर्थिक वर्ष संघीय सरकारको समपुरक अनुदान २ करोड ५ लाख र प्रदेश सरकारको समपुरक अनुदान १ करोड विनियोजन गरिएको थियो ।

कालोपत्रेको पूर्वतयारीमा सडकको स्ट्रक्चर ग्याविन, होमपाईप, मेसिनरी ड्रेन लगायतका स्ट्रक्चरको काम गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सव–इन्जिनियर राजन खत्रीले बताए ।

कुल बजेट ३ करोड ५ लाख भए पनि निर्माण कम्पनी रामसागर–बिकेएसके जेभीले २ करोड २१ लाख ७ हजार ३५३ मा कालोपत्रेको प्रारम्भिक चरणको कामका लागि ठेक्का पारेको थियो। सो ठेक्काको सम्झौता म्याद आगामी २३ असारमा सकिने गाउँपालिकाले जनाएको छ।

विमानस्थलदेखि याम्खा सडक कालोपत्रेका लागि गाउँपालिकाले २० फागुन २०७८ मा ठेक्का आव्हान गरेको थियो ।

सडक कालोपत्रेको थप काम गर्न आर्थिक वर्ष २०७९र०८० मा संघीय सरकारबाट १ करोड ७० लाख, प्रदेशबाट १ करोड र प्रदेश भौतिक मन्त्रालयबाट २५ लाख बजेट विनियोजन भएको छ ।

साझेदारी योजना अन्तरगत सोही सडकका लागि गाउँपालिकाकातर्फबाट २ करोड विनियोजन गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई विमानस्थल र सदरमुकाम दिक्तेलसँग नजिक बनाउनका लागि छोटो दुरीको खानीडाँडा–याम्खा सडक निर्माण सुरु गरिएको थियो ।

खानीडाँडा–याम्खा सडक २४ भदौ २०७४ मा याम्खाको राटमाटामा आयोजित कार्यक्रममा तत्कालीन गाउँपालिका अध्यक्ष (हाल कांग्रेस प्रदेश महामन्त्री) प्रमुख भूपेन्द्र राईले शिलान्यास गरेका थिए । सो सडकका कारण याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङ लगायतका स्थानीयलाई सदरमुकाम आउजाउ गर्ने सबैभन्दा छोटो बाटो खुलेको छ । २०७२ सालमा सडक विभागबाट प्राप्त ८ लाख बजेटले कालेपत्रे गर्ने लक्ष्य सहित याम्खा–खानीडाँडा सडकको डिपिआर तयार पारिएको थियो ।

सडक विभागको ६ लाख अनुदानमा २०७२ सालमा खानीडाँडातर्फबाट ट्रयाक खोल्न सुरु गरिएको सडकका लागि २०७४ सालमा ७५ लाख विनियोजन गरेपछि याम्खातर्फबाट ट्र्याक खोल्ने काम सुरु गरिएको थियो ।

कांग्रेस नेता राईकै अवधारणा अनुसार बनेको सडक गाउँपालिकाभित्रका विरामीलाई खानीडाँडा विमानस्थल हुँदै सुविधा सम्पन्न अस्पताल पुर्‍याउनका लागि समेत उपयोगी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ८ : २२ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर