प्रधानमन्त्रीका कुरा तोडमोड गरिएको भन्दै स्वकीय सचिवालयको आपत्ति « Khabarhub

प्रधानमन्त्रीका कुरा तोडमोड गरिएको भन्दै स्वकीय सचिवालयको आपत्ति


१२ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवालयले काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफलबारे प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ । 

सचिवालयले बिहीबार प्रेस नोट जारी गरेर एमालेको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा भएको महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफलका क्रममा प्रधानमन्त्रीबाट व्यक्त भएका कुराहरू तोडमोड गरिएको भन्दै आपत्ति जनाएको हो । 

‘काठमाडौंका प्रतिनिधिसँग अध्यक्ष ओलीले बोल्दै नबोलेका ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषयहरू स्वार्थपूर्णरुपमा बाहिर ल्याइएको देखिएको छ,’ सचिवालयले प्रेस नोटमा लेखेको छ । 

महाधिवेशन प्रतिनिधिहरूसँगको भेटघाटमा ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र संघर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनलाई हुन पुगेका क्षतिबारे धारणा राखेको सचिवालयको दाबी छ । 

‘अहिले पार्टीले लिएको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, अहिलेको सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक कामलगायत विषयमा आफ्नो दृष्टिकोण राख्नुभएको थियो,’ प्रेस नोटमा भनिएको छ । 

भेटघाटमा पूर्वराष्ट्रपतिबारे प्रधानमन्त्रीले राखेको धारणाबारे सचिवालयको प्रष्टीकरण :

अध्यक्ष ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई आफूले जति सम्मान र माया अरू नेताले नगरेको र उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभएको भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै भन्नुभएको थियो । 

‘पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा विधिवतरूपमा सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरू–अरू पार्टीका नेताहरूसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो । यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन र उहाँ त्यस रूपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरूलाई लागेको छ र केन्द्रीय कमिटीले त्यसअनुसार उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो । 

उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न । नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन । नेतृत्व क्षमता चाहिन्छ । परिस्थितिअनुसार डटेर सामना गर्नुपर्ने हुन्छ । उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ । हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ, त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारबाहीमा जानुपर्ने हुन्छ । 

त्यस खालको अपमानजनक अवस्थामा जानुभन्दा त उहाँलाई अहिले नै सम्मानजनक हैसियत छ, त्यसैले मसँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्ने गरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ । तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभएको छ । उहाँलाई उहाँसँग निकट भएका साथीहरूले त्यसो नगर्न सम्झाउनुपर्छ, उल्काउनु हुँदैन ।’

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  १२ : १० बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री