भरतपुर अस्पतालले बिमाबापतको एक अर्ब पाउन बाँकी « Khabarhub

भरतपुर अस्पतालले बिमाबापतको एक अर्ब पाउन बाँकी


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत प्राप्त गर्नुपर्ने रकम एक अर्ब नाघेको छ । गत आर्थिक वर्षको साउनदेखि हालसम्मको भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमै समस्या हुन थालेको हो ।

सङ्घीय सरकार मातहतको यस अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामी उपचार गराउन आउनेको सङ्ख्या उल्लेख्य हुने गर्दछ । अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको ९० करोड भुक्तानी हुन बाँकी थियो । यस आर्थिक वर्षको साउनको मात्रै रु १० करोड दाबी भुक्तानी हुन बाँकी छ ।
 
गत आर्थिक वर्षमा चार लाख ४१ हजार ३०८ वटा फाइल दाबीका लागि पेस गरिएको छ । अस्पतालमा आउने ७० प्रतिशत बिरामी बिमाका हुने गर्दछन् । गत आर्थिक वर्षमा अस्पतालले अघिल्लो आर्थिक वर्षको ५५ करोड ५१ लाख ४४ हजार प्राप्त गरेको थियो । 

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले बिमामार्फत् पाउनु पर्ने रकम निकासा नहुँदा कर्मचारीलाई तलब दिन कठिन भएको बताए । उनले भने, ‘साउनको तलब बल्ल खुवाइयो, भदौको तलब खुवाउन सक्ने अवस्था छैन ।’ 

अस्पतालका नियमित कामसमेत प्रभावित भएको भन्दै उनले बन्दै गरेको ट्रमा सेन्टर बजेटकै अभावमा रोकिएको बताए। 
 

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १२ : २० बजे

बीपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

बनेपा– लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा

सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वलक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी

वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले हालैको वर्षापछि

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार