दाङमा ग्यासको ढुवानी मूल्य एक सय रुपैयाँ « Khabarhub

दाङमा ग्यासको ढुवानी मूल्य एक सय रुपैयाँ


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा ग्यासको ढुवानी मूल्य बढाइएको छ । यसअघि ग्यास डिलरबाट उपभोक्ताको घरसम्म ग्यासको सिलिन्डर पुराएको ५० लिँदै आएकोमा भोलिदेखि १ सय रुपैयाँ लिइने भएको छ ।
दाङ देउखुरी ग्यास बिक्रेता संघको घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । संघका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा तथा सहसचिव लोकबहादुर वली, कोषाध्यक्ष तिलकबहादुर रोका, सदस्य गोपाल आचार्य, कोमलराज पाण्डे, शेषमणि खनाल र ग्यास बिक्रेताहरूको उपस्थितिमा बसेको बैठकले ढुवानीमा ५० रुपैयाँ बढाउने निर्णय गरेको हो ।
यसअघि ग्यास ढुवानी नूतनतम ५० रुपैयाँ लिँदै आएकोमा पछिल्लो समयमा अधिकांश वस्तुमा महँगाइ बढेकाले भोलिदेखि लागू हुने गरी ग्यासको ढुवानी न्यूनतम सय रुपैयाँ लिने निर्णय गरेको छ ।
हाल ग्यासको विक्री मूल्य १८ सय र ढुवानीसहित १८५० लिइँदै आएकोमा भोलिदेखि ढुवानी सहित १९ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने दाङ देउखुरी ग्यास बिक्रेता संघले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : ३७ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी