बैतडीबाट पाँच महिलाको उद्धार | Khabarhub Khabarhub

बैतडीबाट पाँच महिलाको उद्धार


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा मानसिक समस्या भएका पाँच महिलाको उद्धार गरिएको छ । उनीहरुलाई जिल्लामा विभिन्न स्थानबाट उद्धार गरिएको हो ।

मानसिक समस्या भएर लामो समयदेखि बेवारिसे महिलाहरुको उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

जिल्लाको शिवनाथ गाउँपालिकाबाट दुई, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबाट एक/एक जनाको उद्धार गरिएको उनले बताए ।

धनगढीमा रहेको दृष्टि फाउन्डेशन संस्थासँग सहकार्य गरेर उनीहरुको उद्धार गरिएको उनले बताए । उद्धार गरिएका मानसिक समस्या भएका महिलाहरुका लागि आवश्यक औषधि स्वास्थ्य कार्यालय बैतडीले व्यवस्था गर्नेछ ।

निःशुल्क रूपमा खाना र बासको व्यवस्थासहित मनोसामाजिक परामर्श फाउन्डेशनले गर्नेछ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : ५७ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित