ड्रागन फ्रुटखेती कर्णालीका लागि नयाँ सुरुआत: मन्त्री शाही « Khabarhub

ड्रागन फ्रुटखेती कर्णालीका लागि नयाँ सुरुआत: मन्त्री शाही


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले ड्रागन फ्रुट खेती कर्णालीका लागि नयाँ सुरुआत भएको बताएका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत नेवारेस्थित मालिका कृषि तथा ड्रागन फ्रुट फर्मको आज उद्घाटन गर्दै सहकारीमन्त्री शाहीले मेहनती कृषकका कारण कृषि क्षेत्र व्यावसायिक प्रवद्र्धन र उन्नति हुने बताए ।

उनले भने, “ड्रागन फ्रुट उत्पादनमा वृद्धि गर्नुस्, बजारीकरणमा समस्या देखिए प्रदेश सरकारले त्यसको सहजीकरण गर्छ ।”

कर्णाली प्रदेशको आर्थिक समृद्धिमा कृषि क्षेत्रको ठूलो भूमिका रहेको भन्दै मन्त्री शाहीले व्यावसायिक र पौरखी कृषकहरुका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिए ।

कुनै पनि निकायको सहयोगबिना लाखौँको लगानी गरेर यहाँको अर्थतन्त्रमा सहयोग पुर्‍याउने अभियानमा लागेको भन्दै फर्मका सञ्चालिका पद्मा रावत (बुढा)लाई उनले धन्यवाद दिए ।

सञ्चालिका बुढाले एक वर्षदेखि सुरु गरेको फर्मले उत्पादित एक क्विन्टल ड्रागन फ्रुट बजारमा पठाइएको जनाइन् । उनले भनिन्, “२८ कठ्ठा जमीन भाडामा लिएर रु ७० लाखको एकल लगानीमा ड्रागन फ्रुटको खेती गरिएको छ । एक सिजनमा प्रतिबोटले न्यूनतम पाँच केजीका दरले १३ हजार केजी दिने अपेक्षा गरेका छौँ ।”

उत्पादन गरिएको ड्रागन फ्रुट बिक्रीका लागि बजार लिनु नपरेको र अहिले सबै फर्ममा आएर किन्ने गरेको उनले बताइन् । बुढाका अनुसार प्रतिकेजी रु ८०० का दरले ड्रागन फ्रुट बिक्री गर्ने गरिएको छ । एक सिजनमा १३ हजारका दरले वर्षमा ५२ हजार किलो ड्रागन फ्रुट उत्पादन हुने फर्मले अनुमान गरेको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १० : १० बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी