अमेरिकी हवाई आक्रमणमा अल-कायदाका प्रमुख नेता मारिए « Khabarhub

अमेरिकी हवाई आक्रमणमा अल-कायदाका प्रमुख नेता मारिए


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी कारबाहीमा अल–कायदाका प्रमुख नेता मारिएका छन्। अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी हवाई हमलामा अल– कायदाका प्रमुख नेता अयमान अल–जवाहिरी मारिएका हुन्। नेता जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका हुन्।

टेलिभिजनमा सम्बोधन गर्दै बाइडेनले जवाहिरीको मृत्यु भएको पुष्टि गरेका हुन्। बाइडेनले उनको मृत्युले न्याय प्रदान गरिएको उल्लेख गरेका छन्। राष्ट्रपति बाइडेनले यो अपरेसनमा कुनै पनि सर्वसाधारणको क्षति नभएको दाबीसमेत गरेका छन्। ‘न्याय प्रदान गरिएको छ, र यो आतंकवादी नेता अब रहेन’, राष्ट्रपति बाइडेनले भनेका छन्।

बाइडेनले देशलाई हानी पुर्याउन खोज्नेहरूको विरुद्ध आफू निरन्तर लाग्ने समेत जानकारी गराएका छन्। इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : ४९ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण