३२० बोरा नुन डिपो कार्यालयबाटै गायब  « Khabarhub

३२० बोरा नुन डिपो कार्यालयबाटै गायब 


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- सरकारले मुगुको लागि प्रदान गरेको नुन बिक्री वितरण नहुँदै डिपो कार्यालयबाटै गायब भएको छ । सरकारले मुगुको लागि दिइएको ३२० बोरा (१५९ क्विन्टल) अनुदानको नुन वितरण नहुँदै सदरमुकाम गमगढी बजारमा रहेको डिपो कार्यालयबाटै गायब भएको हो ।

ढुवानीको जिम्मेवारी पाएको रारा छायाँनाथ एयर काग्रो एण्ड ढुवानी सेवाले ल्याएको २ हजार ७०० क्विन्टलमध्ये १५९ क्विन्टल (३२० बोरा) नुन  गमगढी स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड डिपो कार्यालय मुगुबाट हराएको ठेकेदारको दाबी छ ।

आर्थिक वर्ष २०७८/०७९ को लागि पहिलो पटक १५ सय क्विन्टल र दोस्रो पटक १२ सय क्विन्टल गरी कुल २ हजार ७०० क्विन्टल नुन नेपालगञ्जदेखि साल्ट ट्रेडिङ्ग लिमिटेड डिपो कार्यालय मुगुलाई बुझाएको रारा छायांनाथ एयर कार्गो एण्ड ढुवानी सेवाका सञ्चालक रामचन्द्र भामले बताए ।

उनका अनुसार डिपो कार्यालय मुगुमा साल्ट ट्रेडिङलाई ठेकेदारको सम्झौताअनुसारको नुन पुर्‍याएको ठेकेदार भामले दाबी गरेका छन् । मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीले नुन नआइपुगेको भन्दै मौज्दातमा नराखी १५९ क्विन्टल नुन बिक्री गरी गायब बनाइएको ठेकेदारको आरोप छ  । प्रमुख कार्कीले उक्त नुनको हिसाब नै नदेखाई बिक्री गरेको ठेकेदारको आरोप छ ।

ठेकेदारका अनुसार हरेक पटक नुन ढुवानी गरेर गमगढी पुर्‍याएपछि प्रमुखलाई नुन बुझ्न खबर गर्दा डिपो प्रमुखले श्रीमती विद्या मल्ल कार्कीलाई पठाउने गरेको भामले बताए । उनले भने, ‘नुन बुझ्ने श्रीमतीले होइन , डिपो प्रमुखले बुझ्नुपर्छ । चलानी बुझाइ अन्य कागजात माग्दा अर्को दिन दिन्छु भनी डिपो प्रमुख कार्कीले आलटाल गर्ने र अहिले अन्तिममा आएर नुन नै ठेकेदारले नल्याएको भनेर आफू पन्छिन खोजेका छन् ।’

ठेकेदार भामले प्रमुखले आफूबाट एक लाख रुपैयाँ घुस खान खोजेको र आफूले दिन नमान्दा एक गाडी नुन नै गायब बनाइदिएको प्रमुख आरोप लगाएका छन् । नेपालगञ्ज साल्ट ट्रेडिङ लिमिटेडदेखि चलानी गरी सात पटक नुन ढुवानी गरी मुगु डिपोलाई प्रशासन प्रतिनिधिको रोहबरमा बुझाइएको सबै कागजात प्रमाण हामीसँग हुँदा पनि कार्यालय प्रमुख कार्कीले  नुन नपुगेको गाडी रोकिदिएको जनाइएको छ ।

प्रादेशिक कार्यालय नेपालगञ्ज साल्ट ट्रेडिङबाट गत ८ चैतमा  नुन बोकेर मुगु हिँडेको भे १ ख ३६९० नम्बरको सवारी १२ चैतमा मुगुको भुलभुले चेक पोष्टमा सि.नं ३३ मा इन्ट्री दर्ता भइ १३ गते आइतबार दिउँसो साल्ट ट्रेडिङ मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीकी श्रीमती विद्या मल्ल कार्कीलाई जिल्ला प्रशासन कार्यालय मुगुका प्रतिनिधिको रोहोबरमा बुझाएको ठेकेदारका प्रतिनिध पुलिनिन्द बुढाको भनाइ छ ।

साल्ट ट्रेडिङ मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीका अनुसार ठेकेदारले कार्यालयलाई नुन बुझाएका छैनन् । ठेकेदार भामले लगाएको यो सबै आरोप निराधार रहेकाे कार्कीकाे भनाइ छ । यस वर्ष मुगुको लागि दुई हजार ७०० क्विन्टल नुन आउनु पर्नेमा दुई हजार ५४१ क्विन्टल मात्र ठेकेदारबाट बुझेको डिपो प्रमुख खगेन्द्र कार्कीले बताए ।

दुर्गम जिल्लातिर आउने नुन, चामलहरू प्रमुख जिल्ला अधिकारीको रोहबरमा प्रमाणित गर्नुपर्ने हुन्छ, त्यसैअनुरूप आफू स्वयं गोदाममै पुगेर एक एक गरेर गन्ती गरी प्रमाणित गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १२ : १२ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न