बाँकेमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै « Khabarhub

बाँकेमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– फूल उत्पादन गरेर व्यावसायिकरुपमा राम्रो आम्दानी हुन थालेपछि बाँकेमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । किसानले यो वर्ष विगतको भन्दा धेरै क्षेत्रफलमा फूल रोपेका छन् । दसैँ र तिहारलाई लक्ष्य गरेर यतिबेला किसान फूल रोप्न  व्यस्त छन् ।नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरमा विगत दुई वर्षदेखि व्यावसायिकरुपमा फूल खेती गर्दै आएकी बिन्दु चर्तिमगरको परिवारलाई यतिबेला फूल रोप्न भ्याइनभ्याई छ ।

गत वर्षसम्म १० कट्ठा जमिनमा फूल खेती गर्दै आइएकामा यो वर्ष खेती विस्तार गरेर एक बिघा जमिनमा विस्तार गरिएको  उनले बताइन् । किसान चर्तिमगरका अनुसार यो वर्ष नेपालगञ्ज–२० कट्ठा, टमनिकापुरमा १० कट्ठा र खजुरा–१ सैनिकमा १० कट्ठा गरी एक बिघा क्षेत्रफलमा सात हजार सयपत्री फूलका बिरुवा लगाइएको छ । गत वर्ष बाँकेमा व्यावसायिकरुपमा एक बिघा क्षेत्रफलमा फूल खेती गरिएकामा नेपालगञ्ज उपमहानगपालिका–२० मा चर्तिमगरले १० कट्ठामा, कोहलपुर नगरपालिका–३ मा विष्णु चौधरीले पाँच कट्ठा र खजुरा गाउँपालिका–३मा अरुणा गुरुङले एक कट्ठामा सयपत्री फूलको खेती गरेका थिए ।

यो वर्ष फूलको उत्पादन बढाउन जग्गाको क्षेत्रफल पनि बढाइएको छ । यो वर्ष चौधरीले कोहलपुर–३ मा १४ कट्ठामा पाँच हजार सयपत्रीको फूल लगाएका छन् भने खजुरा–३ मा गुरुङले दुई कट्ठामा सयपत्रीको फूल  लगाएका छन् । चर्तिमगरले यो वर्ष १५ क्विन्टल र चौधरीले १० क्विन्टल फूल उत्पादन हुने अपेक्षा गरेका छन् । विशेषगरी दसैँ र तिहारलाई लक्ष्य गरेर उनीहरूले फूल उत्पादन बढाउन लागेका हुन् । बाँकेका स्थानीयवासीले घरघरमा पनि फूल उत्पादन गर्न थालेका छन् । यो वर्ष फूल उत्पादन गर्न तालिम दिइएपछि नेपालगञ्ज–२० मनिकापुरका महिलाहरुले पनि करिब पाँच कट्ठा जमिनमा सयपत्रीका फूल लगाएको पुष्प व्यवसायी चर्तिमगरले जानकारी दिइन् ।

विन्दु, विष्णु र अरुणाले व्यावसायिक रुपमा पुष्प व्यवसाय गरेपछि अहिले बाँकेका थुप्रै महिला यसतर्फ लागेका छन् । पुष्प खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएपछि जिल्लामा फूल उत्पादन पनि बढ्दै गएको छ ।  विशेषगरी  दशैँ र तिहारमा बढी फूलको माग हुने भए पनि अन्य धार्मिक कार्य तथा कार्यक्रममा पनि फूलको माग हुने गर्दछ ।

जिल्लामा प्रायः भारतबाट फूल आयात गरी यहाँका व्यापारीहरुले बिक्री गर्दै आएका थिए । जिल्लामै फूलको उत्पादन बढेमा भारतीय फूलको आयातलाई केही मात्रामा कमी गराउन सकिने पुष्प व्यवसायी चर्तिमगरको भनाइ थियो । उनले नेपालगञ्जमा फूलको पसल सञ्चालन गरेर फूल बिक्री गर्दै  आएका छन् ।

 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  २ : ०१ बजे

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा

उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार