एन्फा कार्यसमिति बैठक २६ गतेलाई बोलाइयो « Khabarhub

एन्फा कार्यसमिति बैठक २६ गतेलाई बोलाइयो


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोस्रो पटक स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २६ साउनमा बोलाइएको छ । पछिल्लो समय भागबन्डा नमिलेपछि स्थगित हुँदै आएको बैठक तेस्रो पटकसमेत विभिन्न पदाधिकारी नियुक्तिमै रहनेछ ।  एन्फा स्रोतका अनुसार अघिल्लो १९ एजेन्डामै बैठक हुने बताइएको छ ।

पंकजबिक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएपछि तेस्रो पटकलाई कार्यसमिति बैठक बोलाइएको हो ।  तर, दुवै बैठक स्थगित भएका थिए ।

गत २ साउनमा बोलाइएको पहिलो बैठकमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि  स्थगित भएको थियो । यस्तै, ४ साउनमा बोलाइएको बैठक एजेन्डामा प्रवेश नगर्दै स्थगित भएको थियो । तर, नियुक्तिका विषयमा कुरा नमिल्दा बैठक रोकिएको थियो ।

बैठक एजेन्डामा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी ( सिइओ, प्रवक्ता, उपमहासचिव, तीन सहमहासचिव , मानार्थ अध्यक्ष)  नियुक्ति रहेको छ । यस्तै, सहिद स्मारक लिगलगायत रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  २ : ३९ बजे

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित