औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता लिन आग्रह « Khabarhub

औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता लिन आग्रह


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरूको बढाइएको जग्गा भाडा तत्काल फिर्ता लिन आग्रह गरेको छ । पररसंघका कार्यवाहहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको परिसङ्घ टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्त्रप्रसाद बडू र उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई भेट गरी औद्योगिक क्षेत्र व्यवस्थापनले बढाएको भाडा फिर्ता गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न आग्रह गरेको हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ५ मंसिर २०७५ को बैठकले सरोकारवालाहरूको असहमति हुँदाहुँदै १ साउन २०७५ देखि लागू हुने गरी  अधिकतम ६८७ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो ।

उद्योगीहरूको असहमति तथा विरोधपछि सो निर्णय तत्काल कार्यान्वयन नगर्न र त्यस सम्बन्धमा विस्तृत अध्ययन गर्न तत्कालीन उद्योगमन्त्रीले निर्देशन दिएका थिए । तर गत २२ असारमा बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको बैठकले १ साउन २०७५ देखीकै भाडा असुल गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  २ : १८ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।