अहिलेको बजेट कृषिमा केन्द्रित छ : अर्थमन्त्री शर्मा « Khabarhub

अहिलेको बजेट कृषिमा केन्द्रित छ : अर्थमन्त्री शर्मा


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा बदल्ने उद्देश्यका साथ बजेट ल्याइएको बताएका छन् ।

३० औँ  किसान सहिद दिवस तथा ६९ औँ भिमदत्त पन्त स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले आन्तरिक उत्पादन बढाउनकै लागि सहुलियतपूर्ण ऋण, किसान पेन्सन लगायतका योजनाहरू बजेटमार्फत ल्याइएको समेत बताए ।

आजको राष्ट्रियता भनेको सबल र आत्म निर्भर अर्थतन्त्र भएको भन्दै उनले उत्पादन क्षेत्रमा लाग्न आह्वान गरे। उनले आत्मनिर्भर हुनका लागि भूमिहीनहरूलाई जमिन उपलब्ध गराउने, पुँजी नहुनेहरूलाई पुँजी उपलब्ध गराउने, औजार नहुनेलाई औजार उपलब्ध गराउँदै र श्रमिकहरुलाई दक्षता प्रदान गर्नका लागि सरकार प्रतिबद्ध रहेको धारणा राखे ।

त्यस्तै उनले भने अहिलेको बजेट कृषिमा केन्द्रित रहेको बताए। मन्त्री शर्माले देशको अर्थतन्त्रलाई सबलीकरण गर्न सबै पक्षबिच हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा मन्त्री शर्माले किसान सहिद परिवारलाई सम्मान गरेका थिए।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ३ : १७ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण