डा. आयुष्नोभा मिस युनिभर्स नेपालको टप २० मा « Khabarhub

डा. आयुष्नोभा मिस युनिभर्स नेपालको टप २० मा


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डा. आयुष्नोभा ढुंगाना मिस युनिभर्स नेपाल–२०२२ का लागि उत्कृष्ट २० मा परेकी छन् । आयोजक उमंग क्रिएसनले मंगलबार मिस युनिभर्स नेपालको प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएका प्रतिस्पर्धीहरूको नाम सार्वजनिक गरेको हो ।

काठमाडौँकी डा. आयुष्नोभासँगै नुवाकोटकी रजनी मिश्र, सिड्नीकी रिजु खड्का, काठमाडौँकी जास्मिन खड्का, काठमाडौँकी सृष्टि हाडा, अमेरिकाकी रुप्सी श्रेष्ठ, काठमाडौं सृष्टि तामाङ, उदयपुरकी मोनालिसा पराजुली, बुटबलकी रेनुका चौधरी, झापाकी दिक्षा खाती, मंगलबजारकी प्रतिभा महर्जन, क्यानाडाकी सामना कार्की, अष्ट्रेलियाकी विपना अधिकारी, वर्दियाकी मोनिका चौधरी, धुम्बाराहीकी सोफिया भुजेल, चितवनकी प्रियांशु महत, काठमाडौँकी आकृति मानन्धर, बुटबल, अनु अनमोल क्षेत्री, अष्ट्रेलिया आश्मा केसी तथा बागबजारकी सेफिना जोशी अन्तिम चरणका लागि छनोट भएका छन् ।

सूचीअनुसार २० जना प्रतिस्पर्धीमध्ये चिकित्सा क्षेत्रबाट आयोष्नोभा एक जनामात्र छनोट भएकी छिन् । मिस युनिभर्स नेपालकी नेसनल डाइरेक्टर नगमा श्रेष्ठका अनुसार क्वाटरफाइनलका लागि छनोट भएका प्रतिस्पर्धीहरुलाई तीनवटा टास्क दिइएको थियो । त्यससँगै भोटिङ राउन्ड पनि खुला गरिएको थियो । तीन वटै टास्कका लागि निर्णायक पनि थिए ।

निर्णायक र भोटिङबाट आएको मतबाट पनि उत्कृष्ट २० को छनोट गरिएको हो । उत्कृष्ट २० मा छनोट भएका प्रतिस्पर्धीहरुलाई १० दिनसम्म क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिएपछि आगामी ९ भदौमा आयोजना गरिने ग्रान्ड फिनालेमार्फत मिस युनिभर्स नेपाल २०२२ को छनोट गरिने छ । प्रतियोगिताको पहिलो चरणमा विभिन्न ३९ जना प्रतिस्पर्धी चयन भएका छन्। उनीहरू सबै अनलाइन अडिसनबाट चयन भएका हुन्।

आयुष्नोभाले गत वर्ष बंगलादेशबाट छाला रोग विषयमा एमबिबिएस गरेकी छन्। बंगलादेशबाट पढाइ सकेर नेपाल फर्किएकी डा. आयुष्नोभा अहिले नेपालमै बिरामीको सेवा गरिरहेकी छन्। छाला रोगसम्बन्धी सेवा दिइरहेकी उनी मिस युनिभर्स नेपाल २०२२ पछि केही दुर्गम ठाउँमा गएर आफ्नो सेवा दिने योजनामा छिन्। छाला झट्ट हेर्दा पहिलो नजरमै देखिने तत्त्व भएकाले यसलाई महत्त्व दिएर आफू छाला रोगको चिकित्सक बनेको उनको भनाइ छ।

यसपटक आफू सबैका लागि स्वास्थ्य भन्ने नारासहित मिस युनिभर्स नेपाल २०२२ मा भिडिरहेको उनको भनाइ छ । डाक्टरले मिस युनिभर्स नेपाल भएर मिस युनिभर्समा गई नेपाललाई चिनाउन सक्छ भन्ने उदाहरण बन्ने आफू लक्ष्य भएको उनले बताइन् ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ५ : ०८ बजे

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी