अवरुद्ध गोरखा–आँबुखैरनी सडकखण्ड पुनःसञ्चालन « Khabarhub

अवरुद्ध गोरखा–आँबुखैरनी सडकखण्ड पुनःसञ्चालन


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लगातारको वर्षाका कारण झरेको पहिराले आज मध्याह्नदेखि अवरुद्ध भएको गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन भएको छ । पृथ्वीराजमार्गअन्तर्गत गोरखा नगरपालिकामा पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डस्थित तिनकिलो घुम्तीमा माथिबाट खसेको पहिरो पन्छाएर सडक पुनःसञ्चालन गरिएको प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी केदार खनालले जानकारी दिए ।

‘झण्डै साढे ३ घण्टापछि तनहुँतर्फबाट जेसिवी ल्याएर पहिरो हटाइएको हो,’ उनले भने, ‘पहिरो हटाएसँगै दुईतर्फि सडक पुनःसञ्चालन भएको छ ।’
आज मध्याह्न सडकमा माथिबाट ठूलो पहिरो खसेको थियो ।

गत वर्षमा सोही ठाउँमा पहिरो खस्ने गरेको थियो । सडक सञ्चालनमा आएसँगै गोरखा सदरमुकामबाट छुट्ने र आँबुखैरेनी नाका हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारी नियमितरूपमा सञ्चालन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : २६ बजे

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ