पहिरोका कारण मध्यपहाडी लोकमार्गको रुकुम(पूर्व)खण्ड अवरुद्ध | Khabarhub Khabarhub

पहिरोका कारण मध्यपहाडी लोकमार्गको रुकुम(पूर्व)खण्ड अवरुद्ध


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम(पूर्व)– जिल्लाको भूमे गाउँपालिका–३ दोमैमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट ठूलो पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार सडकमा पहिरोसँगै ठूलठूला ढुङ्गासमेत झरेका छन् । तत्काल पहिरो हटाउन सम्भव नभएको डाँगीले बताए। ‘भोलि बिहानैदेखि पहिरो पन्छाउँछौँ’, उनले भने।

सडक अवरुद्धपछि यात्रु बाटोमै अलपत्र परेका छन् । मध्यपहाडी लोकमार्गहुँदै काठमाडौँ, पोखरा, बागलुङ र रोल्पाबाट आएका यात्रु भूमे गाउँपालिका–२ काँक्री र खाबाङमा बस्न भनिएको र रुकुम(पश्चिम) बाट आउनेलाई रुकुमकोटमै बास बस्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १० : ४३ बजे

प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा के छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाले आयातमा लगाएको २५ प्रतिशत कर बुधबार रातिदेखि कार्यान्वयन हुँदै

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने स्टिल

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

युक्रेन ३० दिन युद्ध विराम गर्न तयार, अमेरिकाले सहयोगलाई निरन्तरता दिने

साउदी – साउदी अरेबियामा अमेरिकासँग भएको वार्तासँगै युक्रेनले रुससँग ३०