चुनाव जित्न प्रचण्ड र माधव नेपाललाई कांग्रेसकै भर | Khabarhub Khabarhub

चुनावी चर्चा

चुनाव जित्न प्रचण्ड र माधव नेपाललाई कांग्रेसकै भर

आफैँ चुनाव जित्न नसक्ने अवस्थामा धेरै सिटको बार्गेनिङ


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता गठबन्धनमा अहिले पनि असाध्यै ठूलो बार्गेनिङ चलिरहेको छ । कांग्रेस, माओवादी र नेकपा समाजवादीले कति सिट पाउने भन्नेमा शीर्ष नेताहरू नै गम्भीर छलफलमा छन् । कांग्रेसले सबैभन्दा धेरै १०० सिटको दाबी गर्दा माओवादीले कम्तीमा ४० र समाजवादीले १५ देखि २० सिट पाउने सम्भावना छ ।

त्यसमाथि जनमोर्चा, जसपालाई मिलाउने हो भने माओवादीले ३० हाराहारी र समाजवादीले १२ देखि १५ हाराहारीको मात्रै सिट पाउने सम्भावना देखिन्छ । तर अहिले नेताहरुले दाबीले गर्दा सिट बाँडफाँडमा ठूलो सकस भइरहेको छ ।

चुनावमा यो दाबी हुनु स्वाभाविक हो । तर यथार्थमा हेर्ने हो भने कांग्रेसको साथ नहुने हो भने प्रचण्ड र माधव नेपाललाई नै चुनाव जित्न लगभग असम्भव जस्तै छ । प्रचण्ड यस पटक पनि चितवन क्षेत्र नं. ३ बाटै लड्ने सम्भावना छ ।

माधव नेपालले भने काठमाडौँ छाडेर रौतहटबाट चुनाव लड्ने सम्भावना छ । दुवै क्षेत्रमा अहिले उनीहरूको संगठन बलियो छैन । रौतहटमा जसपापछि एमालेको पकड छ । चितवनमा कांग्रेसपछि एमालेको पकड छ । माओवादी दुवै क्षेत्रमा कमजोर छ ।

स्थानीय तहको चुनावमा छोरी रेणु दाहाललाई जिताउन प्रचण्डलाई हम्मे हम्मे परेको थियो । कांग्रेसकै बागी उम्मेदवार नभएको खण्डमा रेणुले जित्ने सम्भावना थिएन । रेणुले जित्न गाह्रो भएको ठाउँमा यति बेला प्रचण्ड जित्ने सम्भावना झन् कमजोर बन्छ ।

अहिले फेरि प्रचण्ड गोरखा १ बाट सिफारिस भएका छन् । बाबुराम भट्टराईलाई माओवादीमा भित्र्याएका प्रचण्डले गोरखामा आफ्नो सुरक्षित स्थान देख्न थालेका छन् । पुर्ख्यौली घर गोरखा भएका प्रचण्ड राष्ट्रिय राजनीतिमा बाबुरामसँग मिलेर दीर्घकालसम्म नेता र सांसद भइरहने योजना बनाएको पनि देख्न सकिन्छ ।

तर २०७४ सालको चुनावमा बाबुराम भट्टराईले नै कांग्रेसको भरमा चुनाव जितेका थिए । यति बेला माओवादी, समाजवादी र कांग्रेस मिलेर गोरखामा चुनाव जित्न सक्ने प्रचण्डको दाउ हुन सक्छ । जुन सहज देखिन्छ पनि ।

चितवनभन्दा गोरखा आफ्ना लागि सहज भएकै कारण प्रचण्ड गोरखाबाट सिफारिस भएका हुन सक्छन् । तर प्रचण्डका लागि गोरखा पनि चुनौतीपूर्ण ठाउँ हो । कांग्रेस र बाबुरामको साथ नभएको खण्डमा प्रचण्ड गोरखाबाट पनि चुनाव हार्न सक्छन् । यसै पनि एमाले जसरी पनि प्रचण्ड हराउ अभियानमा भएकाले पनि उनलाई गाह्रो देखिन्छ ।

यही सम्झेर प्रचण्डले राजनीतिक केन्द्र नै फेरेका छन् । तर त्यसले उनलाई चुनाव जिताउँछ वा हराउँछ ? यसै भन्न सकिन्न । प्रचण्ड र माधव नेपाल स्वयंम आफै चुनाव जित्न गाह्रो देखिरहेका बेला कांग्रेससँग भने ६० र ४० सिटको माग गरिरहेका छन् । यसले पनि देखिन्छ, उनीहरूको धरातल कति कमजोर भइरहेको छ ।

यस्तो पटके दाउ राजनीतिका कारण पनि नेपाली राजनीति अस्थिर र दाउपेचको मात्रै बनेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  २ : १२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका