नरैनापुरमा डिप बोरिङ जडान र राहतको प्याकेज माग « Khabarhub

नरैनापुरमा डिप बोरिङ जडान र राहतको प्याकेज माग


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नरैनापुर गाउँपालिकामा सबै वडाका किसानलाई सिँचाइको सुविधा हुने गरी डिप बोरिङ जडान र राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीको विशेष उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । गत वर्षको बेमौसमी वर्षाका कारण भित्र्याउने अवस्थाको धानबालीमा ठूलो नोक्सानी बेहोर्नुपरेका नरैनापुरका किसानले लामो समयको खडेरीका कारण धानसमेत रोप्न पाएका छैनन् । 

खडेरीका कारण धान रोप्न र बर्सातमा लगाइने खेतीसमेत लगाउन नपाएकाले किसानले सुक्खा तथा खडेरी बेहोर्न नपर्ने गरी आफूले प्रदेश र संघमा निरन्तर पहल गरेको लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण केसीले बताए। उनले नरैनापुर अत्यन्तै पिछडिएको क्षेत्र भएको र गत वर्षको बेमौसमी बर्सातले धान सखाप परेको भन्दै गर्दै यो वर्ष पनि लामो खडेरीका कारण धान रोप्न नपाएका किसानलाई राहत र सिँचाइका लागि डिप बोरिङको व्यवस्था गर्न पहल भएको उल्लेख गरे । 

जिल्लाको अन्न भण्डारका रुपमा आफ्नो परिचय बनाएको गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ । खडेरीका कारण वर्षे खेती लगाउन नसकिएको र लगाएको पनि खडेरीका कारण सुकेर गएकाले संघ र प्रदेशले नरैनापुरका लागि विशेष प्याकेज घोषणा गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष शाहले बताए । 

 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १२ : २६ बजे

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना